शशांकको हस्ताक्षरमा भेला स्थगित भन्दै कसले निकाल्यो नक्कली वक्तव्य ?
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेला स्थगन नगरिएको प्रस्टीकरण दिएको छ।
आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको नाममा कार्यक्रम स्थगित भएको भन्दै एक विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएपछि देउवा समूहले खण्डन गरेको हो।
देउवा समूहका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले साउन २९ देखि ३१ गते काठमाडौंमा भेला हुने कुरा सुनिश्चित भइसकेको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘प्रा.डा. शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवाको स्वदेश आगमन र भेलालाई सम्बोधन गर्नुहुने तथा अदालतबाट मुद्दाको पुनरावलोकन गर्ने आदेश ९अनुमति० समेत आइसकेपछि डराएको हताश मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभाबी लेखेका हुन्।’


