२८ भदौ २०८३, आइतबार | September 13, 2026

सर्वोच्चमा ‘भागाभाग’ : कामु प्रधानन्यायाधीशको आदेशपछि कर्मचारी गायब


0
Shares

काठमाडौं — सर्वोच्च अदालतभित्र सोमबार अभूतपूर्व तनाव देखिएको छ। प्रधान न्यायाधीशमा चौथो वरीयताका न्यायाधीश डा। मनोजकुमार शर्माको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न अदालत प्रशासनले अस्वीकार गरेपछि सुरु भएको विवादले नाटकीय मोड लिएको हो।

कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले अदालत प्रशासनमाथि कडा टिप्पणी गर्दै रिट दर्ता नगर्नु “न्यायको बाटो अवरुद्ध गर्ने कार्य” भएको ठहर गरेपछि सर्वोच्च प्रशासनका कर्मचारीहरू कार्यकक्ष छाडेर हिँडेको स्रोतले जनाएको छ।

मल्लले सोमबार दिउँसो १ बजेसम्म सबै निवेदन दर्ता गरी भोलिका लागि पेशी चढाउन आदेश दिएकी थिइन्। आदेश लगत्तै मुख्य प्रशासनिक कर्मचारीहरू आफ्नो कुर्सी छाडेर बाहिरिएको बताइएको छ। सर्वोच्च परिसरमा अहिले असामान्य अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया