३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

सर्वोच्चमा खुल्यो शक्ति संघर्ष


581
Shares

काठमाडौं । नेपालको सर्वोच्च अदालत अहिले असामान्य तनावको केन्द्रमा पुगेको छ । प्रधान न्यायाधीशमा न्यायाधीश डा। मनोजकुमार शर्माको सिफारिस भएपछि अदालतभित्रै खटपट सतहमा आएको छ । वरिष्ठ न्यायाधीशहरू असन्तुष्ट देखिएका छन् भने फुलकोर्ट बैठकदेखि इजलास सञ्चालनसम्म असर पर्ने संकेत देखिन थालेको छ ।

प्रधान न्यायाधीशमा सिफारिस भएपछि शर्माले इजलासमा बस्न छाडेका छन् । उता कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाँलले तत्काल राजीनामा नदिने संकेत दिएका छन् । यसले सर्वोच्चभित्र शक्ति संघर्षको अवस्था सिर्जना भएको चर्चा चुलिएको छ ।

कामु प्रधान न्यायाधीश मल्लले कानुन दिवसमा सहकर्मी न्यायाधीशहरूलाई “विचलित नहुन” सार्वजनिक आग्रह गरेपछि विवाद झन् चर्किएको छ । वरिष्ठ अधिवक्ता पूर्णचन्द्र पौडेलले भने यस्तो अभिव्यक्ति न्यायालयको वातावरण सहज बनाउन नसकेको टिप्पणी गरेका छन् ।

उनका अनुसार अहिलेको अवस्था लम्बिँदै गए इजलास बहिष्कार, सुनुवाइ प्रभावित हुने र जनताले न्याय नपाउने जोखिमसमेत बढ्न सक्छ । उनले भनेका छन्– “अब असहज होइन, सहज वातावरण बनाउन सबै मिल्नुको विकल्प छैन ।”

मुख्य प्रश्न अहिले यही छ —
यदि शर्मा प्रधान न्यायाधीश नियुक्त भए, उनले असन्तुष्ट सहकर्मी न्यायाधीशहरूलाई कसरी मिलाउने रु
सर्वोच्च अदालत सहकार्यतर्फ जान्छ कि अझ ठूलो संकटतर्फ रु

 

प्रतिक्रिया