४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सरकारको नीति तथा कार्यक्रममाथि ओलीले सम्बोधन गर्ने


0
Shares

काठमाडौं, ७ जेठ । सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । छलफलका लागि आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने ओलीको तर्क छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा आज ओलीले विरोधसमेत जनाउने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रम गत जेठ ५ गते संसदमा प्रस्तुत गरेका थिए ।
आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन्

 

प्रतिक्रिया