रास्वपाको वाचापत्रमा के छ ?
सुर्खेत, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशबाट वाचा पत्र सार्वजनिक गरेको छ ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा। स्वर्णिम वाग्लेसहितले वाचा पत्र सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा सार्वजनिक गरेका हुन्।


