२१ माघ २०८२, बुधबार | February 4, 2026

आयल निगमले आज ६८७० नेपाल ग्यास बिक्री वितरण गर्दै


February 4, 2026
332
Shares

काठमाडौँ, २१ बुधबार । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज ८४ स्थानबाट बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ ।

निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण गर्न लागेको हो ।

पछिल्लो समय बजारमा नेपाल ग्यास अभाव भएको गुनासो आएपछि उद्योगले ग्यास बिक्री हुने विवरण सार्वजनिक गरेको हो ।

यस्तै, निगमले ग्यास आयात परिमाण बढाएको र अब अभाव नरहेको जनाएको छ ।

 

प्रतिक्रिया