४ माघ २०८२, आइतबार | January 18, 2026

सर्वोच्चमा रिट दर्ता गर्दा देउवा पक्षले के के माग राखे ?


January 18, 2026
1.7k
Shares

काठमाडौं, ४ आइतबार । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको नाममा सर्वोच्च अदालतमा दायर रिटमा तीन वटा माग राखिएको छ ।

आइतबार बिहान निवर्तमान का.वा.सभापति पूर्णबहादुर खड्कासहित नेताहरूले सर्वोच्च पुगेर रिट दायर गराएका हुन्।

कांग्रेस नेताहरूले आजै सुनुवाइको माग राखे कानुन अनुसार नमिल्ने सर्वोच्च प्रशासनले जानकारी दिएको छ । रिटको पेसी मंगलबारका लागि तोकिएको छ।

देउवापक्षले रिटमा सबैभन्दा पहिलो माग विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने राखेका छन्। त्यसैगरी, फागुन २१ गते हुने निर्वाचनको लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ।

मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न समेत उनीहरुले माग गरेका छन्।

यदी मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा देउवा कांग्रेस नेताहरूको माग छ।

 

प्रतिक्रिया