पार्टीको आधिकारीक निर्णयलाई कार्यान्वयन गर्न काठमाडौका क्षेत्रिय सभापतिहरुको आह्वान
काठमाडौं,२५ पुस । नेपाली कांग्रेस काठमाडौं जिल्लाका क्षेत्रिय सभापतिहरुले पार्टीको आधिकारीक निर्णयलाई कार्यान्वयन गर्न आह्वान गरेका छन् ।
भोलिदेखि सुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा जिल्लाका ७ क्षेत्रका सभापतिहरुले प्रेस विज्ञप्ती जारी गर्दै आम निर्वाचनको तयारीमा लाग्न पार्टीको निर्णयलाई कार्यान्वयन गर्न सबैलाई अपिल गरेका हुन् ।
पार्टीको विधाननुसार १५औं महाधिवेशन कार्यतालिका बमोजिम नियमित महाधिवेशनको आवश्यक प्रक्रिया सकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आह्वान गरिएको विषेश महाधिवेशन वैधानिक नहुने उनिहरुको ठहर छ ।
यस्तो संवेदनसिल अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टी हित विपरित रहेको र विभाजनतर्फ लैजाने पनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्तीमा क्षेत्र न. ९ का सभापति जयकृष्ण महर्जन,२ का सभापति कवीर शर्मा, ५ का सभापति श्यामबहादुर खड्का, ६ का सभापति श्यामकृष्ण खड्गी, ७ का का.वा.सभापति नविन मानन्धर, ८ का सभापति राजेश श्रेष्ठ, १० का सभापति पुकार महर्जन र काठमाडौं महानगरसमितिका सभापति निलकाजी शाक्यले हस्ताक्षर गरेका छन् ।



