१५ पुस २०८२, मंगलबार | December 30, 2025

‘जो भेट्यो उसैलाई प्रधानमन्त्री पद बाँड्नु हास्यास्पद’


December 30, 2025
498
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी सभापति बाँड्नु हाँस्यास्पद रहेको टिप्पणी गरे ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अली बाठै होला भन्ने ठानेको भएपनि निर्णय देख्दा हाँस्यास्पद रहेको सुनाए ।

नेकपा एमालेको ११औँ महाधिवेशनका सन्देश राजनीतिक निकासका सन्दर्भमा मदन आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? यो अस्ती सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो ।’

अध्यक्ष ओलीले त्यसबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री पद बाँडिएको बताए ।

 

प्रतिक्रिया