परराष्ट्रमन्त्री बन्ने बालानन्द शर्मा को हुन् ?
काठमाडौं, ११ पुस । अन्तरिम सरकारको प्रमुख शुसिला कार्कीले आज फेरी मन्त्रिपरिसद विस्तार गर्ने भएकी छिन् ।
नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
उनको आजै शपथग्रहण तय भएको छ ।
प्रधान सेनापति बन्ने लाइनमा भएपनि अवसर नपाएका शर्मा विभिन्न महत्वपुर्ण जिम्मेवारी पाउँदै आएका छन् । उनी पूर्वजर्नेल हुन् ।
शर्माले माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने, कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।


