१० पुस २०८२, बिहिबार | December 25, 2025

क्रिकेटर थापाको दुर्घटनामा परी मृत्यु


December 25, 2025
747
Shares

काठमाडौं । क्रिकेटर खेलाडी मिनेश थापाको मृत्यु भएको छ । कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी थापाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो ।

मोरङ प्रहरीका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

बिहीबार बिहान मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए । ब्याट्सम्यान रहेका उनी केही फ्रेन्चआई लिगसमेत खेलिसकेका छन् ।

थापाको निधनप्रति पारस खड्काले गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया