९ पुस २०८२, बुधबार | December 24, 2025

किड्नी किन्न सक्छु भन्ने एलिनालाई कलाले भनिन्-बल्लबल्ल मेरो सिक्रि फिर्ता लिएको हु, ठलो कुरा नगर


December 24, 2025
332
Shares

सम्पूर्ण प्रियजनमा हार्दिक नमस्कार।
कहिलेकाहीँ जिन्दगीले नलिनु पर्ने ठाउँमा परीक्षा लिंदो रैछ। सायद म अहिले त्यही परीक्षा दिइरहेछु। त्यसैले नचाहेर पनि सामाजिक सञ्जाल मार्फत यो अभिव्यक्ति सार्वजनिक गर्न बाध्य भएकी छु।
सामाजिक सञ्जालमा जुवारी खेल्ने न मेरो बानी छ न रहर। तर बारम्बार आफूमाथि उठेका प्रश्नको उत्तर समान मञ्चमा नराखि सुख पाइनँ। आखिर दुख्ने मुटु र रुने मन् त मेरो पनि त छ
सायद यसपछि म यो जुवारी खेल्दिनँ पनि, किनकि श्रृजनशिल कामहरु धेरै छन् जुन मैले यही छोटोे जीवनमा सम्पन्न गर्नुपर्नेछ।

सन्दर्भ(-केही समयदेखि सामाजिक सञ्जालमा मेरो विषयमा उठिरहेका सवाल र यथार्थको। जसमा गायिका प्रिय बहिनी एलिना चौहानले लगाएको सिक्रि र मैले अन्तरवार्तामा उठाएको प्रसंग संगै सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति तथा प्रहारहरु । जुन विशेष गरि संगीतप्रेमी र सामजिक सञ्जालसँग अभ्यस्त शुभचिन्तकबाट अब टाढा रहेन।
सर्वप्रथम म मेरा सम्पूर्ण साथीहरू, अग्रज, शुभचिन्तक, आफन्त सबैलाई यो पुनःस्मरण गराउन चाहान्छु कि, म विगत २ दशकलदेखि नेपाली गीतसंगीतमा निरन्तर क्रियाशिल छु। बिचमा वाध्यताले केही समय सुस्ताउनु परे पनि आफ्ना सपनालाई पुनर्जीवित गरी पछिल्लो समयमा म पुनः पूर्णरुपमा संगीतमा छु। जसको उदाहरण हुन् मैले पस्किएका र यहाँहरुले नैं माया गर्नुभएका धेरै गीतहरु।
जहाँसम्म एलिना बहिनीसँग मेरो सम्बन्ध छ, उनी भन्दा अग्रज भएको नाताले उनको प्रतिभाको उच्च कदर गर्दै उनलाई माया र स्नेह प्रदान गर्न मैले कहिल्यै कन्जुस्याइँ गरिनँ, सायद गर्ने पनि छैन। त्यसको एउटा संयोग हामीले सँगै अमेरिका यात्रा पनि गर्यौं। जसका कथातर्फ म अहिले प्रवेश गर्न चाहान्न। नत्र कथा विषयान्तर भै अनावश्यक रुपमा लामो हुन जान्छ ।
जहाँसम्म मैले एक अन्तरवार्तामा ूएक जना कलाकारले मेरै सिक्रि लगाएर मेरै कुरा गरेकोू भन्ने मेरो अभिव्यक्ति छ, त्यसको सन्दर्भमा मैले अमेरिका रहदै बहिनीलाई सिक्रि लगाउन दिएको, पछि फर्केपछि फिर्ता लिएको, बहिनीले त्यही सिक्रि लगाएर अन्तरवार्ता दिएको यथार्थ सबैसामु घाम जत्तिकै छर्लङ्ग छ। जसको विषयमा ९मेरो बिचारमा० बहिनी स्वयं स्पष्ट छिन्।

अन्तरवार्ता लिने क्रममा प्रश्नकर्ताले ूमोबाइल स्क्रोल गर्दै जादा के देखेर हांसो लाग्छ।।।।ू भन्ने जिज्ञासा राख्दा मैले हाँसेर त्यो सन्दर्भ उठाएकी थिएँ, जसमा उनको नाम उल्लेख पनि गरेको छैन र ूमेरो सिक्रि दिइनन्ू पनि भनेको छैन र चोरेको हुन पनि भनेकि छैन ।किनकि म हरेक मान्छेलाई इज्जत गर्छु ।
तर यो विषय त्यतिबेला उत्कर्षमा पुग्यो जतिबेला मैले अर्को एक अन्तरवार्तामा ूअब एलिनाको प्रसंग तिर जाउूँ भनें। जब कि त्यसमा न सिक्रिको प्रसंग छ, न मैले उनलाई कुनै दुर्वचन गरेको छु।

त्यसैको पृष्ठभूमिमा टेकेर एलिना बहिनीमा ूमेरो प्रसंग यसरी उठाएर चर्चा कमाउन खोज्दि रैछ र पो सिक्रिको कुरा उठाएकी रैछू भन्ने भ्रम परेछ। जुन विल्कुल गलत हो। त्यतिबेला युना डिजिटल को प्रश्नकर्ताले ले प्रश्न सोध्ने क्रम मा एउटै बिषय को प्रश्न पटक पटक सोधिए पछि एलिना को बिषय मा प्रश्न छ दिज्जु भन्नुभएको हुनाले मैले निर्दोष रुपमा नै अब कुरा एलिनाको तर्फ मोडौ भन्न पुगे , जुन मेरो कुनै गलत नियत बस उनिलाई चोट पुराउनु थिएन एलिना बैनिको नाम बेचेर आफु भाइरल बन्नु थिएन , भाईरल को मोह न हिजो थियो न आज छ, न भोलि नै हुनेछ त्यो पनि अफ लाइन भनेको छु ।तर सम्पादनमा यो बिषयमा युना डिजिटलले सार्बजनिक रुपमा नै आफ्नो ठुलो गल्ति भएको भनेर भिडियो नैं बनाएर क्षमा मागेको कुरा त यत्रतत्र आइरहेको छ। अझै पनि त्यहि क्लिपलाई आधार बनाएर बीष बमन गर्नु कत्तिको न्यायोचित हुन्छरु

यी सबै घटनाबाट के स्पष्ट रुपमा बुझिन्छ र बुझ्नुपर्छ भने-
१। मैले सिक्रिको कुरा गलत आसयले भनेकी थिइनँ, नत उनको नाम नैं लिएकी थिएँ।
२स्मैले चाहे सिक्रि होस् या अन्य कुनै पनि विषयमा न पहिले न अहिले कतै भन्दै हिडेकी छैन। मात्रै म प्रति गरिएको प्रहार र दुर्वचनको यथोचित उत्तर दिएकी मात्र छु।
यत्तिको विवाद भएर मेरो मानसिकता र करियरमा नैं एकोहोरो प्रहार भैसकेपछि म बिछिप्त भएकि छु।मैले कुनै हालतमा पनि भन्न नचाहेका केही कुरा अब भन्नैं पर्छ।
जस्तै: अमेरिकाबाट फर्केपछि मैले सिक्रिको लागि बहिनि एलिना संङ्ग बारम्बार ताकेता गर्दा पनि आफ्नै सामान प्राप्त गर्न नसके पछि मेरो फिल्ड कै एकजना बहिनी मार्फत निकै गाह्रो गरि लिएकी थिएँ। म पनि स्वयम् कलाकार हुँ। त्यसैले मलाई राम्रोसँग थाहा छ, हामी त्यस्तो व्यस्त पनि हुदैनौं कि कसैको त्यति महत्वपूर्ण सामान फिर्ता गर्न केही मिनेट समय पनि नहोस्१ सिक्रि सानै भएपनि सिक्रि संङ्ग मेरो भाबनात्मक संम्बन्ध जोडिएको थियो, त्यहि सिक्रि लगाएर म बिरामि भएर आएको अवस्था लाई होच्चाउदै प्रीय बहिनि एलिना ले अन्तर्बाता दिरहदा म अर्को अचम्मित थिए।तर मौन थिए त्यति मात्र नभएर म बिरामि अवस्थामा नेपाल फर्किए पछि मेरो बिरामि अवस्थाको खिल्लि उडाउदै ,अपमान जनक शैलिले मेरो कुरा काटेको लामो अडियो सामाजिक सन्जाल भरी सार्बजनिक हुदा पनि म चुप रहि सानि बहिनि नै हुन भनि एलिना बहिनि प्रति कुनै प्रतिसोध साधिन , सामाजिक संन्जाल भरी भन्दै पनि हिडिन आज आफु माथि यो सहन नसक्ने गरि हदै सम्म को प्रहार हुदा नबोलि बस्दा यो भ्रम पनि फैलन सक्छ कि कतै कलाकै गल्ति त हैन तर बिल्कुल होइन ।

अन्तत : अर्को कुरा बहिनीले आवेशमा आएर कुनै मिडियामा मेरो किड्नी किन्न सक्ने क्षमता रहेको बताइछन्। पछि हेरें।
ए बहिनी १ पैसाले किड्नी किन्न पाइन्न ल १
म मेरा सम्पूर्ण प्रियजनमा हार्दिक अनुरोध गर्छु कि- भयो, अब यो कुरालाई मलजल गरेर थप पीडा दिन बन्द गरिदिनुस म आग्रह गर्दछु ।हामि दुबै जनाले अझ थुप्रै राम्रा गीतहरु यहाँहरु माझ पस्कनुछ। यस्ता कुरामा प्लिज१ नअल्झाइदिनुस्।
अन्त्यमा,
हुनत तीतो लाग्ला। तर दिदीको नाताले भन्छु- मेरो किड्नी नैं किन्न सक्ने पैसा कमाइछौ। भौतिक सुख त किनौली तर मनको शान्ति रुरुरु१११

प्रतिक्रिया