तेस्रो कार्यकालको लागि एमालेको नेतृत्वमा ओलीको सानदार जित
काठमाडौं । तेस्रो पटक केपी शर्मा ओलीले अध्यक्षमा बाजी मारेका छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा ओली २ तिहाइ मतसहित विजयी भएका हुन् ।
प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारे ।
ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।


