२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पाण्डवहरूले एकै रातमा निर्माण गरेको पञ्चदेव शिव धाम सप्तदेवल मन्दिर !


December 8, 2025
913
Shares

बैतडी । द्धापरयुगमा पाण्डवहरू बनबासको ऋममा घुम्दै आएर एकै रातमा मन्दिर निर्माण गरेका हुन भन्ने किंवदन्ती रहेको छ। यस पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरमा सातवटा देवलहरू रहेका छन तिनै सातवटा देवलहरूले गर्दा प्राय व्यक्तीहरुले यस मन्दिरलाई सप्तदेवल भनेर पनि चिनिन्छ सप्तशिवालयहरु मध्ये तीन वटा बिचमा रहेका देवालयहरुमा लिङ्ग स्थापना भएर मासिक रुपमा संक्रान्ति पुर्णिमा शिवरात्री नवरात्रीहरुमा नित्य पूजा गर्ने गरिन्छ तीन देवल मध्ये मुख्य दुईटा देवालयमा र एउटा सहस्त्रलिङ्ग सानो शिवलिङ्ग रहेका छन मुल देवालयमा शिवजीको नामबाट पुजा गरीने दोश्रो देवालयमा जगन्नाथ बाबाको नामबाट पुजा गरीने तेस्रो देवालयमा गणेश जी नामबाट पुजा गरीने गरीन्छ बाँकी ४ वटा देवलहरूमा लिङ्ग स्थापना नभएको र मन्दिर निर्माण गर्दा प्रयोग गरीएका हातहतियारबाट सुसज्जतीत पाण्डवहरूका चित्र कुदिएका छन् सो सर्वसाधारण मानिसहरुले सहज रुपमा दर्शन गर्न सकिन्छ मन्दिर छेउमा एउटा शिवालय शिव कुण्ड रहेको र सो कुण्डमाथी देवालय थियो भन्ने किंवदन्ती रहेको छ बिगतमा पिपलको रुखबाट क्षति पुगेको भन्ने वुढा पाकाहरुको भनाई छ उक्त स्थानकमा एउटा कुवा रहेको कुण्डको जललाई स्थानीय मानिसहरूले शिवजटाको जल मानेर स्नान गनै गदेछन र सो कुण्डको जलले स्नान गरेमा पुण्य मिल्दछ भन्ने किंवदन्ती रहेको छ

वर्तमान समयमा पनि बैतडी जिल्लाको प्रसिद्ध धार्मिकस्थल र शक्तिपिठहरु लगायत जगन्नाथ बाबा मन्दिरमा सो जलको अभिषेक गरी पुजाआजा गनै परम्परा रहि आएको छ सातवटा शिव देवसलयहरु मध्ये पाँचवटा पाण्डवहरूले एउट पावडव माता कुन्तीले ले तथा एउटा पाण्डव पत्नि दोपतीको सम्भमा रहेको मानिन्छ एकै रातमा बनाएका उक्त मन्दिरहरू मध्ये एउटा मन्दिर अधुरो अवस्थामा रहेको छ उक्त अधुरो मन्दिर बनाउने ऋममा उज्यालो भएको हुदा छोडेर गएका हुन भन्ने भनाई रहेकोछ भने अर्को तिर हुमायु राजाले सो मन्दिरमा रहेका खर खानाहरु निकालेर लगेको भन्ने किंवदन्ती पनि रहेकोछ बि स १९९०सालको महाभुकम्पको समयमा विचभागमा रहेको देवालय भत्कीदा मन्दिरको दुप्पोमा रहेका ढुंगाका ठुला गजुरहर खस्नुका साथै आधादेवालयहरु समेत भत्केर जिर्ण अवस्थामा रहेको अवस्था छ भत्केका देवालयहरुलाई पुरातात्विक विभागले ऋमिक रुपमा पुनः पुनर्निर्माण गरी रहेको र क वर्गको पुरातात्विक मन्दिर कायम गरी भत्केका देवालयहरु पुन मर्मत गरी मन्दिर निर्माण बखत गर्भगृहमा भेटिएका तलवार भाला त्रिशुल भाडावर्तन तथा अन्य महत्वपूर्ण सामग्री हाल सम्म सुरक्षीत राखीएका छन

वर्तमान शिवालयमा मासिक रुपमा पुजाआजा गर्न देवलहाटका भट्ट परिवारका पुजारी र मार्कण्ड परिवारका भराणेबाट नियमित रुपमा पुजाआजा गरीदै आएकोछ बर्षको एक पटक लाग्ने शिवरात्री पर्वमा ऊँ नमः शिवाय धनुको धुमधाम साथ अहोरात्र जाग्राम बसी भजनकीर्तन गरीन्छ सोही रात्री निसन्तान दम्तत्तीहरुले हातमा दियो बाली रातभरी शिवजीको समिपमा खडा भई रहेमा पुत्र प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ शिवजीको मन्दिरको समिपमा काल भैरवको स्थापना गरिएकोछ शिव महिमाको वणृन गरी स्थापित ठाउँमा सुक्का खरेडी परि पानीको अभाव रहेको रहेको समयमा जिल्लामा रहेको तत्कालीन गडीगौडा खलंगाका वडा हाकिम कालोपल्टन द्वारा सज्जीत भई मन्दिर परिसरमा हर हर महादेव पानी देउ खेतका डल्ला सुकेका महादेव कहा लुकेका भन्ने भक्तीपुर्ण भजन गरी आउदा स्थानिय गाउलेहरुले ऊक्त वाला लस्करको शरिरमा पानी छरी स्वागत गनै र उनीहरु मन्दिर परिसरमा प्रवेश गरी परिऋमा गर्दा पानी पनै समेत किंवदन्ती छबैतडीमा रहेका पञ्चदेवल शिव धाम सप्तदेवल संरक्षण र पर्यटकको प्रखाइमा सुदूरपश्चिमको बैतडी जिल्लाका बिभिन्न स्थानमा रहेको पञ्चदेवल शिव धाम सप्तदेवल संरक्षण र प्रयटकको प्रखाइमा रहेका छ ।

बैतडीको दशरथ चन्द नगरपालिका वडा न।४ मा रहेको किम्वदन्ती ९कथन० अनुसार द्वापर युगमा वनबास यात्राको क्रममा पाण्डव हरुले एकै रातमा निर्माण गरेका देवल हुन भन्ने मान्यता रहेको छ । बैतडीमा रहेका पर्यटकिय तथा धार्मिक स्थलहरु प्रसार प्रसारको अभावमा ओझेलमा परेका हुन । अदभुत वास्तुकला, शिवकुण्ड मान्यता अनुसार द्वापर युगमा पाण्डव हरुले वनबासको समयमा बनाएको भन्ने जनश्रुति रहिआएको छ ।यहाँ निर्मित स्तंभ हरु ६ ओटा पूर्ण बनेका र सातौं अधुरो बनेको देख्न सकिन्छ जनश्रुति अनुसार ६ देवल बनाई सकेपछि सातौं बनाउने क्रममा उज्यालो हुन । गएको र त्यसैले सातौं देवल अधुरै रहेको हाल समेत देख्न सकिन्छ ।
अहिले यो पवित्र स्थल नेपाल पुरातत्व विभागको रेखदेखमा रहेपनि संरक्षण र प्रसारपचारको अभाव रहेको बैतडीको दशरथ चन्द नगरपालिका वडा न। ४ देवलहाँटका स्थानिय उद्धव सिंह मार्कण्डले बताए । उनले भने “दर्शन गर्न चाहनेले जहिले पनि यता आउन सकिन्छ। जे पनि कोरिएको अथवा बनाइएको छ त्यो सबै ढुङ्गा मा नैं छ त्यसैले अहिलेको बिज्ञान तथा प्रबिधिको यूगमा समेत यस्तो हस्त निर्मित बनाउनु पर्यो भने असम्भव जस्तै लाग्छ ।
आँखाले हेर्दैमा लाग्छ कि यी स्थल हरु हालका वर्ष हरुमा निर्माण त गरिएका होइनन्” ?

बैतडीका पवित्र पञ्चदेवल शिव धाम सप्तदेवल बारे यहाँका स्थानिय व्यक्ति हरु बाट प्राप्त जानकारी अनुसार २०७९ पोष ३ गते पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन गरिएको थियो भने यो मन्दिर एकै रातमा पाण्डवहरूले निर्माण गरिएको किम्बदन्तीे छ।
यो सम्पदा २०६४ सालमा पुरातात्विक विभाग रामशाहपथ काठमाडौंमा दर्ता भएको थियो ।

स्थानिय उद्धव सिंह मार्कण्डका अनुसार सुदुरपश्चिम प्रदेशभरि दुर्लभ लाखेनाँच, गौरा पर्वको अवसरमा यसै क्षेत्रमा मनाइने गरिन्छ । पञ्चदेवल रहेको स्थानमा २०३६ सालमा शंकर आचार्य नरहरी योगी महाराज आउनु भएको समेत भनाई स्थानियको भनाई रहेको छ ।
स्थानिय भन्छन यस पवित्र स्थललाई पञ्चदेवल मनिए पनि यहाँ सात वटा देवलहरू रहेका छन । उनिहरुका अनुसार यो मन्दिर पाण्डवहरुले निर्माण गरेको हुनाले यस मन्दिरको नाम पञ्चदेवल शिव धाम सप्तदेवल रहन गएको हो । पञ्चदेवल शिव धाम सप्तदेवलमाब । श्री सम्बत १६६४ देखि विभेद मुक्त धाम जहाँ हुन्छ समावेशीमुलक पुजा विभेद उन्मुलन को लागी दक्षीण एसिया कै अद्भुत श्री बनारसी बिश्वनाथ श्री बनारसी धाम बिश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर सुन्दर शुदुरपश्चिम पाटन नगरपालिका ३ गुजर सुकाबैनाबैतडी नेपाल ।
उद्धव सिंह

प्रतिक्रिया