काँग्रेस महामन्त्री गगन थापाको पितृ शोकमा रहेका थापालाई समवेदना पत्र !
तनहुँ, ११ मंसिर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पितृ शोकमा रहेका बन्दीपुरका क्रियाशील सदस्य बुद्धिबहादुर थापालाई समवेदना पत्र पठाएका छन् ।
शोकमा रहेका थापालाई महामन्त्री थापाले आफु व्यस्त भएको कारण प्रतिनिधिका रुपमा युवा नेता प्रकाश देवकोटा लगायतका मार्फत समवेदना पत्र पठाएका हुन् ।
शोक पत्रमा युवा नेता थापालाई सम्बोधन गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसका क्रियाशिल सदस्य बुद्धिबहादुर थापा मगर,मंगला थापामगर र समाजसेवी केशव थापामगरका बुवा बन्दीपुर–२ निवासी बन्दीपुर वडा कार्यालय भवन निर्माणका जग्गादाता जयबहादुर मगर (नाम्जाली)को २०८२ मंसिर ९ गते ८६ वर्षको उमेरमा भएको निधनको खबरले अत्यन्त दुखीत र स्तब्ध बनाएको छ । दिवंगत मगरको आत्माको चीरशान्ति र वैकुण्ठबासको प्राथना गर्दै हार्दिक श्रद्दान्जली अर्पण गर्दछु । साथै, सम्पूर्ण शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’ गत मंसिर ९ गते ८६ वर्षीया थापाको पुजनिय पिताको निधन भएको थियो ।



