नवनियुक्त प्रहरी महानिरिक्षक कार्कीले आज पदभार ग्रहण गर्दै
काठमाडौँ,२७ कात्तिक । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज पद तथा गोपनियताको शपथ लिदैंछन् ।
गृह मन्त्रालयमा १०ः४५ मा एक संक्षिप्त समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न ९फुली० लगाइदिने कार्यक्रम रहेको छ ।
पदभार ग्रहण गरेलगत्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा बहाली हुने तयारी रहेको छ ।
सोमबारको मन्त्रीपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।


