तर, कुलमान जस्ता भ्रष्ट मान्छेलाई नेता नमान है जेन्जी : अर्याल
इस्वर अर्यालको जेन्जीहरुलाई लेखिएको मार्मिक पत्र्।
प्रिय जेनजी।।।
पार्टी खोल । ५ महिना पनि बाँकी नरहेको चुनाव लड । म पनि यही चाहन्छु । तर, कुलमान जस्ता भ्रष्ट मान्छेलाई नेता नमान है।
प्रत्येक आयोजनामा भ्रष्टाचार गरेको छ । कहीं करोड, कहीं अर्ब । म लोकान्तरमा हुँदा कागजपत्र सहित यसबारे कम्तीमा ४० वटा स्टोरी लेखेको छु ।
म कमेन्टमा लिंक सेयर गर्छु । क्यानडामा कुलमानलले अर्कैको नाममा किनेको घर, नामसारी हुन सकेको छैन ।
मन्त्री कुलमानसँग मेरो व्याक्तिगत वैरभाव केही छैन । तर, उनले प्राधिकरणमा रहँदा यति धेरै पाप गरेका छन् नि, भन्नलाई मसँग शब्द छैन । हरेक टेन्डरमा पैसा ।
अनि भक्तपुरमा उनले कमिसनका लागि किनेर अनि लुकाएर राखेका ट्रान्सफरमरबारे पनि खोज्नुस है । हेटौंडा को कथा अलग छ । त्यहाँ त कअचबउ पनि चोरी भएको छ, २० करोड बराबरको कअचबउ कुलमानले नै भारत लगेर बेचेको तथ्य छ ।
मलाई थाहा छ, यति लेख्दा मेरा आफ्नै साथी र पारिवारिक सम्बध भएकाहरू ुवाहियातु भन्न आउँछन । तर, सत्य मैले तपाईंहरू कसैले भन्दा बढी देखेको छु । भोगेको छु । मेरो मोटरसाइकल नम्बर टिपेर राखिएको छ । धन्न अहिलेसम्म म जीवित छु । कसरी मलाई सक्ने भनेर खोजी कार्य कुलमान टीमले हिसाबकिताब गरिरहेको छ ।
त्यही भएर लोकान्तर छोडेपछि मैले आफूले कहाँ के गर्दैछु भनेर पब्लिक रूपमा कहीं भनेको छैन ।
उनका आफ्ना भाइ भतिजका नाममा भएका कम्पनीहरू असंख्य र अर्बौं रकम बराबरका छन् । यो, पोस्ट फगत कसैको चरित्रहत्या गर्न लेखिएको होइन, प्रमाणसहित गरिएको भ्रष्टाचारको फेहरिस्त हो ।
so, बिस्तारै है
इस्वर अर्यालको वालबाट


