१० कार्तिक २०८२, सोमबार | October 27, 2025

अमेरिकामा प्रवासी चितवनबासीहरुको वनभोज सम्पन्न


October 27, 2025
249
Shares

अमेरिका,१० कात्तिक । नेपालको चितवनबाट टेक्सासको ड्यालस फोर्टवर्टमा बसोबास गर्दै आएका नेपालीहरुको वनभोज सहितको सांस्कृतिक कार्यक्रम आइतबार ग्रेपभाइनमा सम्पन्न भएको छ ।

आफ्नै चितवनवासीहरुलाई भेट्ने, एकअर्कालाई चिन्ने राम्रो अवसर, खानपिन, संगित,खेलकुद र डिजे सहितको रमाइलो गतिविधिहरुको भरपुर मजा अनि रमाइलो भेटघाट गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

एउटै जिल्लाबाट आएका नेपालीहरुबीच सहयोग आदान प्रदान र भाईचारा वृद्धि गर्ने उद्देश्यले गत वर्षदेखि सुरु भएको यो पिकनिकको दोस्रो संस्करण अक्टोबर २६ आइतबार सम्पन्न भएको हो ।

सो वनभोज कार्यक्रममा १ हजार भन्दा बढी चितवनबासी तथा अन्य जिल्लाबाट आएका चितवनबासीका आफन्त तथा नातेदारहरुको सहभागिता रहेको हरि सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा चितवनको मौलिक संस्कृति थारुनाच, पञ्चेबाजा समेत प्रस्तुत गरिएको थियो । यस्तो पिकनिकले एक आपसमा नजिक बनाउन र सहयोग आदान प्रदान प्रभावकारी हुने आयोजकहरुले बताएका छन् ।

कार्यक्रममा घैंटो फुटाउने लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । यी खेलहरुमा बालबालिका, युवा देखि वयस्कहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । खेलकुदमा सहभागि हुन पाउँदा सबैजना उत्साहित भएका थिए ।

बिहान ७ बजेदेखि साझ ७ बजेसम्म संचालन भएको सो कार्यक्रममा विभिन्न नेपाली परिकारहरुका साथै सामुहिक नाचगान गरी रमाइलो गरिएको थियो ।

प्रतिक्रिया