२३ कार्तिक २०८२, आइतबार | November 9, 2025

प्रशासनले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रनुस : ओली


November 9, 2025
166
Shares

काठमाडा्रै, २३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई प्रशासनले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनलाई जानकारी दिने र स्वीकृति नदिएमा पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन्।

‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्ने छैन । हामीले यसरी गर्दैछौं स्वीकृति दिनुहोस् भन्नुहोस्’ ओलीले भने, ‘स्वीकृत दिनुहुन्न भने स्वीकृति चाहिन्न सडकमा उत्रनुुस् । संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन ।’–ओलीले भने ।

प्रतिक्रिया