जडीबुटीमा गाडीको ठक्करबाट युवतीको मृत्यु
काठमाडौं, २१ कात्तिक । काठमाडौंको जडीबुटीमा गाडीको ठक्करबाट स्कुटर चालक एक युवतीको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट भक्तपुर नगरपालिका–७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले ताम्राकार सवार प्रदेश–३–०२–०१४ प ९६६३ स्कुटरलाई बिहीबार साँझ ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते ताम्राकारलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।


