२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

रवि लामिछाने सभापतिबाट हट्छन् ?


September 23, 2025
581
Shares

काठमाडौं,७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा नख्खु जेलमा रहेका रवि लामिछाने पार्टी सभापतिबाट हट्नुपर्ने प्रस्ताव अगाडि बढेको छ । रास्वपा सुदूरपश्चिम, कोशी, लुम्बिनीप् र गण्डकी प्रदेशका सभापतिहरुले लामिछानेले मुद्दाको कानूनी निरुपण नहुन्जेल पार्टीबाट अलग हुनुपर्ने प्रस्ताव राखेका हुन् । सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।

जारी केन्द्रीय समिति बैठकमा रास्वपाका गण्डकी सभापति राजन गौतम, कोशी सभापति सरिन तामाङ, सुदूरपश्चिम सभापति प्रकाश विष्ट र लुम्बिनीका सभापति देवराज पाठकले प्रस्ताव गरेका छन् । रास्वपाका प्रदेश सभापतिहरु पदेन केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ । केन्द्रीय समिति बैठकमा प्रदेशहरुको राजनीतिक प्रस्ताव पेश गर्न भनिएको थियो ।

उनीहरुले सभापति लामिछानेको कारागार रिहाइ प्रकरणमा पनि प्रश्न उठाएका छन् ।

 

प्रतिक्रिया