३१ भाद्र २०८२, मंगलबार | September 16, 2025

“डियर हर्क साम्पाङ म तिमीलाई माया गर्न छोड्दिन”


September 16, 2025
83
Shares

काठमाडौं,३१ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङलाई जति गालि गरेपनि माया गरिरहने बताएका छन् ।
आज एक स्टाटस लेख्दै साहले एक तर्फी भए पनि माया गरिरहने स्पपष्ट पारेका छन् ।

उनले लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।”

जेनजीको आन्दोलनपछि साम्पाङ प्रधानमन्त्री हुनका लागि राजधानी आएका थिए । जेनजीले शुसिला कार्कीलाई प्रधानमन्त्री बनाएपछि उनी निराश भए । प्रधानमन्ी बन्न उनको जनमत पुगेन । फेरी साम्पाङले गृहमन्त्री मागे र त्यो पनि नपाएपछि उनी धरान फर्किएका छन् । कुनै पनि मन्त्री नपाएपछि हर्कले सार्वजनिक रुपमा नै बालेनलाई गाली गरेका थिए । उनको जवाफमा बालेनले घुमाउरो पारामा फकाउनका लागि आज स्टाटस लेखेका हुन् ।

प्रतिक्रिया