२९ भाद्र २०८२, आइतबार | September 14, 2025

तरुणदल केन्द्रीय सदस्य गुरुङ्गले दिए राजीनामा


September 14, 2025
4.5k
Shares

काठमाडौं,२९ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिब गुरुङ्गले राजीनामा दिएका छन् ।

कांग्रेसले युवा पुस्ताको सम्मान गर्न नसकेको र तरुण दल विधि विधानभित्र नचलेको भन्दै आइतबार उनले राजीनामा दिएका हुन् ।

गुरुङ्गले तरुण दलले आफ्नो इतिहास बिर्सेको आरोप लगाउँदै सम्पुर्ण युवाहरुलाई परिवर्तनको बाटोमा उभिन सल्लाह दिएका छन् ।

“आज २०८२ सालमा आइपुग्दा त्यही युवा पुस्ताले परिवर्तनको नारा गुन्जाउदै गर्दा, त्यो पुस्ताको सम्मान कदर नगरिकन बर्बरतापुर्वक दमन गरियो । मेरो पार्टी सत्तामा रहँदा सत्ता लिप्त भई आफ्नै मात्र संरक्षण गरी पदबाट राजीनामा नगरी अनावश्यक भ्रम प्रचार गर्न तल्लिन रह्यो । यसो हुँदै जाँदा सोही दिन मैले सामाजिक सञ्जाललाई आधार मानी पार्टी र भातृ संगठनको साधारण सदस्य नरहने गरी परित्याग गरेको घोषणा गरेको थिए ।” उनले राजीनामा पत्रमा लेखेका छन्,“आज यसैको आधारमा भन्न चाहान्छु कि तरुण दलले आफ्नो इतिहास बिर्सेको सत्य हो,तरुण दल आफ्नो विधि र विधानभित्र नचलेको पनि सत्य हो । त्यसैले सम्पुर्ण तरुण साथीहरुलाई परिवर्तनको बाटोमा उभिन सल्लाह दिदैं संगठनबाट राजीनामा दिएको छु ।”

उनले आफुलाई तरुणदलको केन्द्रीय समितिमा मनोनित गरेकोमा अध्यक्ष विद्धान गुरुङ्गलाई धन्यवाद दिएका छन् ।

गत भदौ २३ गतेदेलि जेनजी पुस्ताको शान्तिपुर्ण आन्दोलनमा सरकारले बर्बरतापुर्ण दमन गरेको भन्दै गुरुङ्गले त्यसको विरोध गरेका छन् ।

उनको राजीनामा पत्रमा अगाडी लेखिएको छ, “म इतिहास बोकेको नेपाली कांग्रेसको क्रियासिल सदस्य र यसैको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँ । आज मेरो देशमा सपना बोकेर हिडेका कलिला युवा पुस्ताबाट परिवर्तनको नारा गुन्जिनु, देशमा रहेका हरेक विसंगतिको विषयमा आवाज उठ्नु गर्वको कुरा हो । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले परिवारसहित ४ वषएको उमेरमै तानाशाहीहरुबाट देश निकाला हुँदै कलिलो उमेरमा सामन्तीहरुको विरुघमा आवाज उठाएको सत्य प्रमाण छ । यसैको बाबजुद लामो संघर्षपछि २००७ सालमा यो देशमा तानाशाहीहरुको पतन भएको तीतो सत्य इतिहास छ । ”

प्रतिक्रिया