११ भाद्र २०८२, बुधबार | August 27, 2025

रुबी साहको हत्या आरोपी पासवानले किन गरे आत्मदहको प्रयास


August 27, 2025
0
Shares

काठमाडौं, ११ भदौं । रुबी साहको हत्या आरोपी लक्षमण पासवानले आत्मदहको प्रयास गरेका छन्। उनको शरीर जलेको अवस्थामा फेला परेका हुन् ।

आरोपी पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको थियो ।

उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया