२ भाद्र २०८२, सोमबार | August 18, 2025

बुढानीलकण्ठमा मोटरसाइकल–स्कुटर जुध्यो, दुई जनाको मृत्यु,३ घाइते


August 18, 2025
166
Shares

काठमाडौं, २ भदौं । गए राति बुढानीलकण्ठ–७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार राति पौने २ बजेतिर बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल एकापासमा ठोक्किएका थिए ।

दुर्घटनामा सिरहाको जन्दहका २९ वर्षीय भोला थापा र अन्दाजी अर्का एक ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको पनि पहिचान खुलेको छैन् ।

प्रतिक्रिया