१ भाद्र २०८२, आइतबार | August 17, 2025

जनावरबाट बाली जोगाउन लगाएको करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु


August 17, 2025
83
Shares

जनकपुरधाम,१ भदौ । सप्तरीमा करेन्ट लागेर दम्पत्तिको निधन भएको छ ।

करेन्ट लागेर कञ्चनरुप नगरपालिका–५ पिपराका श्रीमान श्रीमती ५० वर्षीय बद्रि सरदार र ४५ वर्षीया विमला देवी सरदारको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपको अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया