६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

होमप्रसाद चालिसेबाट ठगिएको पञ्चरुपा सेभिङका सञ्चालकहरुको आरोप


0
Shares

काठमाडौं, २५ बैशाख । काठमाडौंको सिनामंगलमा रहेको पञ्चरुपा सेभिङ एण्ड क्रेडिट सहकारीका सञ्चालकहरुले शेयर सदस्य होमप्रसाद चालिसेका कारण आफूहरु अन्यायमा परेको भन्दै न्याय मागेका छन् । उनीहरुले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सहकारीका शेयर सदस्य चालिसेबाट कसरी ठगिएको भन्नेबारे प्रकाश पारेका थिए ।

सो क्रममा सहकारीका उपाध्यक्ष मोहन सापकोटाले मदिराको कारोवार गरिरहेको संस्कार ट्रेडर्सका सञ्चालक होमप्रसाद चालिसे सो सहकारीमाकारोबार गर्ने शेयर सदस्य रहेको र चालिसेले नियमितकारोवार र राम्रो कारोवार गरिरहेको बताए ।

उनले १ करोड सहकारीमा राखि राख्ने र त्यो भन्दामाथिको रकम राख्ने र झिक्ने समझदारी भएको बताउँदै भने–‘चालिसेले आफ्नो पैसाको सुरक्षाको लागि विश्वासको लागि चेक मागेको र हामीले उहाँको विश्वासको लागि एउटा चेक दिएकाथियौं ।’

विस्तारै चालिसेले कारोबार गरी सहकारीको खातामाआफ्नो रकमशून्यमा राखेको उनले दाबी गरे। उनले भने,‘हाम्रो चेक ठगी गर्ने उद्देश्यले उहाँले आफंैले त्यो चेकमा रकम भरेर, त्यो पनिपाँच करोड रकम भरेर बैङ्कमाबाउन्स गर्ने तरिकाले अगाडि बढ्नुभयो। जब हामीले माघको २४माहामीले अन्तिम पटकउहाँको सबै भुक्तानी पेमेन्ट गरिसकेपछि उहाँले चेक बाउन्स गरेको कुरा बैङ्कबाटपत्र आएपछि थाहापायौं, हामीअलिकतिझसङ्गभयौं। र हामीले दिनुपर्न बचत नभएको। एक त संस्थालाई जुनमिनिममब्यालेन्स उहाँले राख्ने कुरा भएको थियो। त्यो हामीले लगानीलगाइरहेको अवस्थामापनिहामीले म्यानेज गरेर पेमेन्ट गरिसकेपनिउहाँले चेक बाउन्सको प्रकिया अगाडि बढाउनुभयो ।’

त्यसबाटआफूहरुअन्यायमा परेको बताउँदै उनले हजारौं शेयर सदस्यरहेको उक्त संस्थाको भविष्यपनिचालिसेले गर्दा इज्जतमानकारात्मकप्रभाव पर्न गएको उनको भनाई छ । सहकारीका अरु शेयरसदस्यहरुलाई सहानुभूतिकालागिउनले आभारपनिव्यक्त गरे।

यस्तै, सहकारीकाकार्यकारी प्रमुख पुरन रावललेमदिरा ब्यवसायीचालिसेबाट ठगिएको कारण आफूहरुले बाध्यभएर पत्रकार सम्मेलनको आयोजना गरेको स्पष्ट पारे ।उनकाअनुसार चालिसेले २०७८ असोज १ गते उक्त सहकारीमाखाताखोलेर नियमितकारोबार गरिरहेको स्मरण गराए । चालिसेले

सहकारीमाखाताखोलेको एक महिनाबित्नेवित्तिकै ०७६ को कात्तिक १ गते एक महिनाको लागिभनेर आफूहरुको सहकारीबाट एक करोड ऋण लिएको र बैङ्किङ कामनभएकाकारणले चालिसेले समयमा ऋण तिर्न नसकेको पनिउनको भनाई छ ।
२०७९ सालमालक्ष्मी बैङ्कबाट ऋण पासभएपछि उनले ५० लाख रुपैयाँ २०७९ जेठ १७गते आफूहरुलाई भुक्तानी गरेको रावलको भनाई छ । उनले भने,‘असोज ३ गते करौडौं पैसा म तपाईंको संस्थामा राखिराख्दछु। दशैं चाडवाडको बेला छ। अझै मेरो ब्यवसाय बढ्छ। मसँगभएको सम्पूर्ण पैसा पनितपाईंकै संस्थामा राख्ने हो। यसको सुरक्षाको लागिमलाई एउटा चेक चाहीँदिनुपर्यो हजुर भनेर मकहाँ कुरा आइपुग्यो। मकहाँआइपुगेपछि अरू सञ्चालक सदस्यलाई नसोधेर हाम्रो अफिसमासिग्नेचर गरेर राखेको चेक मैले लगेर उहाँलाई दिएको हो। होमप्रसादचालिसेलाई, त्यो चेक २०७९ सालअसोज ३ गते दिएकाथियौं ।’ उक्तमितिमासहकारीमा रहेको चालिसेको खातामाकरिब ३ करोड ४६ लाख रुपैयाँ रकम रहेको उनले स्मरण गराए । पहिलाआफ्नो खातामा १३ महिनाको समयमाचालिसेले १ अर्ब ४५ करोड ८ लाख ८८ हजार १ सय ८७ रुपैयाँ १५ पैसाको कारोबार गरेको उनले बताए। त्यसपछि चालिसेले चेकिङ्गआएको र सबै कागज चेकिङ्ग लगेको र छोरीको खातामाकारोबार गर्न चालिसेले आग्रह गरेको बताए।

सो पश्चात्उनले नाबालक छोरी स्वस्तिचालिसेको नाममाखाताखोलेर उनको नाममा सबै पैसा हालेर कारोबार गरेको उनले उल्लेख गरे । कारोबार भएको समयमाकुनै समस्यानभएको बताउँदै उनले भने,‘२०७९÷९÷१७गते हामीले दिएको ग्यारेन्टीको चेक बाउन्स गर्नुभएछ। जबकीहामीलाईजानकारी नदिएर,त्यो टाइममा उहाँको २ करोड लगभगब्यालेन्स थियो। तर उहाँले ५ करोड रकम भरेर बाउन्स गरेको कुरा हामीलाई थाहाथिएन। तर, एकचोटी बाउन्समाबैङ्कबाट कुनै जानकारी दिएको थिएन, दोस्रोपटक बाउन्स हुँदाहामीले थाहापायौं।’

त्यसपछिचालिसेसँग छलफल भएपछि १ करोड ५० लाख सहकारीको खातामा राख्ने र बाँकी रकमउनको खातामाहाल्ने आफूहरुको प्रस्तावमाचालिसे सहमतनभएको पनिउनले सुनाए । उनले भने,‘त्यतिवेलाउहाँले आफ्नो सबै पैसाको मागगर्नुभयो । त्यसपछि उहाँको रकमदुईवटा छुट्टाछुट्टै बैङ्कको खातामाहामीलेजम्मा गरेको भौचरसहितउहाँको कार्यालयमा राखेकाथियौं ।’
तर, चालिसेले भने आफूले ब्याजनपाएको भन्दै सहकारी विभागमाआफूहरुविरुद्ध उजुरी दिएको उनले बताए। तर, विभागले उजुरीमाथिछलफल गर्नबोलाएको बैठकमा भने चालिसे अनुपस्थित्भ एको उनको दाबी छ ।

उनले आफूहरुले चालिसेको सबै पैसा बिहानबुझाएको तर त्यहीदिन बेलुकाउक्त ५ करोड रकमभुक्तानीगर्न ग्लोबल आइएमइ बैंकले पत्रदिएको बताए । ‘त्यो पत्रप्राप्तभएपछि हामीझसङ्गभयौं। किनभने उहाँले त केही गरेको छैन, बैंकमाबाउन्समात्रै गरेको हो। अरु प्रकिया अगाडि बढाएको छैनभन्दै एउटा आश्वासनदिनुभएको थियो ।’

त्यसपछि ७दिनसम्मको समयसीमाभएको र चालिसेले चेक फिर्ता दिने आफूलाई भनेको अडियो आफूसँग अहिलेपनि सुरक्षित रहेको उनको भनाई छ । ७दिनसम्मपनि चेक नदिएपछि आफूहरुले केन्द्रीय अनुसन्धानब्युरो महराजगञ्जमागएर चालिसेविरुद्ध निवेदनदिएको र तेस्रोपटक बोलाउँदमात्रै उनीआएको कार्यकारी प्रमुख रावलको दाबी छ ।

चालिसेले प्रहरीसँगको छलफलमा पनिआफ्नो जिद्दी नछोडेको र त्यसपछि अदालती बाटो रोजेको उनले बताए। चालिसेले १९ गते जिल्लाअदालतमा मुद्दा दर्ता गराएर २१ गते मुद्दाको प्रतिलिपिलिएर ल्याएर प्रहरीकोमाआएको उनले बताए। प्रहरीकोमाचालिसेले मुद्धा दर्ता गराएको भन्दै निस्किएको उनले बताए।
कार्यकारी प्रमुख रावलले आफ्नो सहकारीमा १७महिनामाकरिब १ अर्ब ७८ करोडको कारोबार भएको र सो कारोबारपनिशंकास्पदकारोबार भएको बताए। चालिसेले आफूहरुलाईमात्रनभई अन्यव्यक्तिहरुलाई पनि ठगेको बताए।

सो क्रममाकार्यकारी प्रमुख रावलले ब्यवसायीचालिसेसँग भएको अडियो कुराकानीसमेत सार्वजनिक गरेकाथिए । पत्रकार सम्मेलनमासहकारीकाउपाध्यक्षमोहन सापकोटा, कार्यकारी प्रमुख पुरन रावललगायतका सहभागी रहेकाथिए।

प्रतिक्रिया