२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश


0
Shares

काठमाडौं, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठक एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न रकम माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय पार्टीले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनको सांसद पनि पनि खारेज भएको थियो ।

 

प्रतिक्रिया