२५ श्रावण २०८२, शनिबार | August 10, 2025

‘संसदीय समितिले पास गरेको शिक्षा विधेयक स्वीकार्य छैन, आन्दोलन गर्छौं’


166
Shares

काठमाडौं, २४ साउन । नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरूले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकबाट सर्वसम्मत पारित गरेको शिक्षा विधेयक आफूहरुको लागि स्वीकार्य नरहेको बताएकी छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयक स्वीकार गर्न नसकिने र शिक्षक महासंघ आन्दोलनमा जानुपर्ने बताएकी हुन् ।

उनले आज शिक्षा क्षेत्र अत्यन्त अराजक अवस्थामा र मनोमानी ढंगले गुज्रिरहेको बताईन् । पञ्चायतकालीन शिक्षा ऐनलाई आज गणतान्त्रिक भनिएको नेपालमा आ–आफ्नो अनुकूलतामा व्याख्या विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ ।

सचिव पनेरूले शिक्षा विधेयकको सन्दर्भमा अहिले शिक्षा समितिको वसह सुन्दा आफूहरुलाई लाज लाग्ने गरेको बताईन् । आफूहरुले गरेको आन्दोलनको माग तलबभत्ता बढाउनुपर्छ भन्ने नरहेको उनको भनाइ छ । समितिले विधेयक पारित गर्दा महासंघसँग विभिन्न मितिमा गरेको सम्झौतालाई नजरअन्दाज गरेको उनले बताईन् ।

‘नेपाल सरकारसँग २०७५, २०७८, २०८१ सालमा सम्झौता भयो । शिक्षाको जिम्मेवारी हामी लिन्छौं, सरकार जवाफदेही छ भनेर पटक–पटक पठाउने काम भयो । तर, त्यो कार्यान्वयन भएन । आन्दोलनको मर्मलाई नजरअन्दाज गर्ने काम सरकारबाट भएको छ । त्यो अत्यन्त निन्दनीय र आपत्तिजनक छ,’– उनले भनिन् ।
उनले अस्थायीहरुको सवाल न्यायपूर्ण समायोजन हुनुपर्ने र ६० प्रतिशतमात्रै आन्तरिक प्रतिस्पर्धा आफूहरुलाई स्वीकार्य नरहेको बताईन् ।

प्रतिक्रिया