३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मनोकामना माताले सबैको रक्षा गरुन, तपाईको दिन कस्तो रहँला, हेर्नुहोस आजको राशिफल


0
Shares

काठमाडौं, २५ वैशाख । आज ८ मे २०२३ सोमबार । आजको दिन धेरैको लागि खुसीको दिन रहेको छ भने केही व्यक्तिहरु पनि सजग रहनु पर्ने देखिन्छ ।

मेष राशि
आज तपाईको मन अशान्त रहनेछ। स्वास्थ्यमा उतारचढाव आउनेछ । लेनदेन, ब्यापारमा साझेदारी सोचेर गर्नु होला । यात्रा आदि गर्दा सावधानी अपनाउनुहोस्, सवारी साधन नचलाउनुहोस्। नजिकको व्यक्तिको दुखद खबर प्राप्त हुनेछ।

वृष राशि
आजको दिन सचेत रहनुहोला । वादविवादमा नपर्नुहोस् र आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। अत्याधिक कामका कारण स्वास्थ्यमा उतारचढाव आउनेछ। व्यापार–व्यवसायमा कुनै नयाँ कामको थालनी नगर्नुहोस् । यात्रा गर्दा सवारी साधनमा सावधानी अपनाउनुहोला ।

मिथुन राशि
आजको दिन शुभ रहनेछ। परिवारको सहयोग मिल्नेछ । आर्थिक स्थितिमा लाभ हुनेछ र मन प्रसन्न रहनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला, चोटपटक आदि हुनसक्छ । केही महत्वपूर्ण काम रोकिएर घाटा बेहोर्नु पर्नेछ।

कर्कट राशि
आजको दिन अद्भुत रहनेछ। महत्त्वपूर्ण कार्यको लागि तपाईको कार्य योजना बन्नेछ। मान सम्मानमा बृद्धि हुनेछ । प्रियजनको सहयोग मिल्नेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । पत्नीको स्वास्थ्यमा चिन्ता रहनेछ।

सिंह राशि
तपाई आज केहि नयाँ जोखिममा पर्न सक्नुहुन्छ। व्यापारमा नयाँ साझेदारीको बारेमा सावधानीपूर्वक सोच्नुहोस्। केही नयाँ कामको थालनी गर्न सकिनेछ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । पारिवारिक मतभेदले मन अशान्त रहनेछ।

कन्या राशि
आज लामो यात्रा आदिमा नजानुहोस्। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। अदालतको काममा सावधानी अपनाउनुहोला । व्यापारमा कसैलाई विश्वास गर्दा तपाईलाई ठूलो घाटा हुन सक्छ। घरपरिवारमा आपसी मनमुटावका कारण वादविवादको स्थिति आउन सक्छ।

तुला राशि
आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । मन प्रशन्न रहनेछ र परिवारमा हर्षोल्लासको वातावरण रहनेछ। श्रीमतीको स्वास्थ्यको ख्याल गर्नुहोला । घरमा नयाँ सदस्यको आगमन हुनेछ । व्यापारमा नयाँ अवसर मिल्नेछ र नयाँ वस्तु खरिद गर्न सकिनेछ ।

वृश्चिक राशि
आजको दिन शुभ रहनेछ। व्यापार व्यावसायमा ठुलो काम गर्दा लाभ हुनेछ । मन अध्यात्मतर्फ आकर्षित हुनेछ। परिवारमा शुभ कार्यक्रम हुनेछ । विशेष व्यक्तिसँग भेटघाट हुनेछ, जसबाट आगामी दिनमा लाभ मिल्नेछ।

धनु राशि
आज अपमानको सामना गर्नु पर्नेछ। पारिवारिक मतभेदका कारण वादविवादमा फस्न सकिनेछ। सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् र आज कुनै पनि नयाँ काम सुरु नगर्नुहोस्। लेनदेनमा सावधानी अपनाउनुहोला ।

मकर राशि
आज यात्रा आदि नगर्नुहोस्। निरर्थक आरोपबाट टाढा रहनुहोस्। पारिवारिक मतभेद अन्त्य गर्ने प्रयास गर्नुहोस्। आज कसैलाई ऋण नदिनुहोस्। व्यापारमा नयाँ काम सोचेर गर्नु होला । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् र शत्रुहरूबाट सावधान रहनुहोस्।

कुम्भ राशि
आज पुरानो चिनजानसँग भेट हुनेछ । रोकिएका काम पुरा हुनेछन् । धार्मिक यात्रा आदिमा जाने योजना बन्नेछ । परिवारमा शुभ कार्यक्रम हुनेछ । व्यापार व्यवसायमा नयाँ व्यक्तिसँग सम्बन्ध स्थापित हुनेछ।

मीन राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। व्यापारमा नयाँ कामको थालनी हुनेछ । ठूला कामको प्रस्ताव आउनेछ । लेनदेन, साझेदारी, सोचेरै गर्नुहोस्। परिवारमा धार्मिक कार्य हुनेछ। कुनै पनि नयाँ वस्तु किन्न र बेच्न सक्नुहुन्छ।

प्रतिक्रिया