चलिरहेको कारमा नाबालिकामाथि सामूहिक बलात्कार

एजेन्सी । भारतको चण्डीगढमा १६ वर्षीया नाबालिकामाथि बलात्कारको घटना बाहिर आएको छ। चण्डीगढ–अम्बाला राष्ट्रिय राजमार्गमा दुई जनाले एक किशोरीलाई बलात्कार गरेकमे प्रहरीले जनाएको छ ।
प्रहरीलाई जुलाई २३ मा दुई अज्ञात व्यक्तिहरूले १६ वर्षीया बालिकालाई अपहरण गरी कारमा बलात्कार गरेको सूचना आएको थियो ।
त्यसपछि ती दुई जनाले उनलाई सागर स्थल नजिकै छोडेर भागे। घटना राति ८ बजेतिर मोहालीको जिरकपुरमा चण्डीगढ–अम्बाला राष्ट्रिय राजमार्गको आयोडिया रोडमा रहेको मेट्रो मल नजिकै भएको थियो।
पीडितका अनुसार, उनी सैलुनबाट काम सकेर अटो–रिक्साको पर्खाइमा थिइन्, जब दुई अभियुक्तहरूले उनलाई जबरजस्ती कारमा ताने।
उनीहरूले यात्राको क्रममा उनलाई आक्रमण गरेको र चण्डीगढको ट्रिब्यून चौक नजिकैको सुनसान क्षेत्रमा लगेको आरोप छ। आक्रमणकारीहरूले यौन दुव्र्यवहार गर्दा उनको भाइको नाम लिएको आरोप छ।
बलात्कार गरेपछि, उनीहरूले उनलाई त्यही ठाउँमा छोडे जहाँबाट उनलाई अपहरण गरिएको थियो। पीडितकी आमाले उजुरी दर्ता गरेपछि जिरकपुर प्रहरीले मुद्दा दर्ता गरेको छ। प्रहरीले अभियुक्तको पहिचान र पक्राउ गर्न अनुसन्धान भइरहेको बताएको छ।