६ श्रावण २०८२, सोमबार | July 21, 2025

इमाडोलमा हिन्दू स्वयंसेवक संघ नेपालको गुरुदक्षिणा


2.8k
Shares

ललितपुर, ३ साउन । हिन्दू स्वयंसेवक संघ नेपालको गुरुदक्षिणा उत्सव महालक्ष्मी नगरपालिकाको इमाडोलमा सम्पन्न भएको छ । शनिबार महालक्ष्मी नगरपालिका वडा नं ३ इमाडोलस्थित महिला सृजनशील समूहको भवनमा उत्साहका साथ गुरुदक्षिणा भएको हो ।

गुरुदक्षिणामा हिन्दू स्वयंसेवक संघ नेपाल महालक्ष्मी नगरपालिकाका संघचालक गणेश खनालले संघले हिन्दूलाई संगठित गर्दै देश र समाजप्रति थप जिम्मेवार बनाउने उद्देश्य राखेको बताउनुभयो । उहाँले हिन्दू एक भएमा देशको पनि हित हुने बताउनुभयो ।

हिन्दू स्वयंसेवक संघ नेपाल उपत्यका प्रचार विभाग प्रमुख डा. दीपेश केसीले संघले संस्कृति रक्षक र राष्ट्रभक्त जिम्मेवार नागरिक निर्माणको उद्देश्यले आफूलाई सक्रिय बनाएको बताउनुभयो । उहाँले गुरुदक्षिणाको उद्देश्यबारे व्याख्या गर्दै हिन्दूका लागि हिन्दूले नै समर्पणको वातावरण संघकै कारण तयार भएको उल्लेख गर्नुभयो । समर्थ हिन्दू निर्माणका लापगि हिन्दू संगठित र एकतावद्ध गर्ने दिव्य कार्य हिन्दू स्वयंसेवक संघबाट भइआएको बताउनुभयो ।

समाजसेवी तथा पूर्वप्रधानाध्यापक श्रीप्रसाद कोइरालाले धर्मान्तरणको भयावह स्थितिबाट बेलैमा गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले हिन्दू जागरणमा ढिलाई गर्न नहुने भन्दै एकतावद्ध भई धर्म संस्कृति रक्षामा जोड दिनुभयो ।

कार्यक्रममा ललितपुर जिल्ला कार्यवाहक माधव चन्द, महालक्ष्मी नगरपालिकाका कार्यवाहक उत्सव लामिछाने, संघका दायित्वधारी, स्वयंसेवी र स्थानीयको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया