३ असार २०८२, मंगलबार | June 17, 2025

सर्लाही प्रहरीमा हनुमान आतंक


17.5k
Shares

सर्लाही, ३ असार । तराईका जिल्लामा प्रहरीको छवि संग्लिदै गइरहँदा केही प्रहरीका कारण फेरि धमिलिने खतरा बढेको छ । कर्मचारी र प्रहरी कमाउनकै लागि सीमा क्षेत्रका जिल्लामा जानेहरुका कारण सरकारप्रति असन्तुष्टि बढ्ने गरेको छ । यस्तै भएको छ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ।

सर्लाही प्रहरीको मुद्दा शाखामा लामो समययता कार्यरत प्रहरी नायब निरीक्षक हनुमान राउत अहिरले गरेको कमाऊ धन्दाले जिल्लामा प्रहरीप्रतिको दृष्टिकोण नै नकारात्मक बन्ने अवस्था बनेको छ । उनले मुद्दा बलियो या कमजोर बनाइदिने भन्दै सम्बन्धित पक्षसँग पैसा असुल्ने गतिविधि बढाएका छन् । कतिपय अवस्थामा पीडित र पीडक दुवैसँग मुद्दा मिलाउने भन्दै बार्गेनिङ गरी रकम असुल्ने गरेका छन् ।

एकजना हनुमान पीडितका अनुसार उनले घरमै गएर पैसाको बार्गेनिङ गरी तर्साउन खोजे । उनको कमाऊ धन्दाबारे गुनासो बढेपछि सिराहा सरुवा भयो । तर, उनले काज मिलाएर सर्लाही छाड्नुनपर्ने बताए । हनुमानले प्रहरीको माथिल्लो निकायसम्मलाई खुशी पारेर मुद्दा शाखामा प्रभुत्व बनाइराखेका छन् ।

प्रतिक्रिया