३ आश्विन २०८१, बिहिबार | September 19, 2024

६५ खर्ब तीन दिनमै गुमाउने धनाढ्य


January 28, 2023
0
Shares

एजेन्सी, १४ माघ । ६५ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति गुमाउँदा के होला ? एशियाका सबैभन्दा धनाढ्य गौतम अडानीले तीन दिनमा ६५ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति गुमाएर ठूलो पीडा भोगिरहेका छन् । उनी यसलाई काबूमा ल्याउन टिमसहित लागेका छन् ।

अडानीले एक्कासी सम्पत्ति गुमाउनुको कारण हो एउटा रिसर्च जसले उनको व्यवसायिक जालसाझी र शेयरमा अनियमितताको तथ्यदाबी प्रस्तुत गरेको छ । रिसर्च गर्ने हिन्डेनवर्ग रिसर्च फर्म अमेरिकामा मुकाम रहेको संस्था हो । जसको एक सय पृष्ठको प्रतिवेदन अडानी ग्रुपको जालसाझी र शेयरमा अनियमितताको विषयले भरिएको छ । अडानी ग्रुपले यसलाई अस्वीकार गरेको छ ।

रिसर्च प्रतिवेदनपछि अडानको शेयरको मूल्य ह्वात्तै झर्न पुग्यो । शेयर लगानीकर्ताहरुले पनि ठूलो रकम गुमाए । यो क्रम तीन दिनयता चलिनै रह्यो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिएका गुजरातका व्यापारी अडानी पछिल्लो समय निकै चर्चामा आए । उनले एक टेलिभिजन कार्यक्रममा आफूले गरेको मिहेनतबारे समेत वर्णन गरेका छन् । अडानीको ऊर्जा, मिडियालगायतका क्षेत्रमा ठूलो लगानी छ । उनको सिमेन्टलगायतका उत्पादन गर्ने कम्पनी पनि छन् ।

सन् २०२२ मा अडानीको सम्पत्ति ५५ अर्ब डलर बढेको थियो । गत वर्ष सबैभन्दा बढी नाफा कमाउने अर्बपतिमा अडानी नै परेका थिए । तर, उनले उक्त नाफा तीन दिनमा गुमाइसकेका छन् ।

प्रतिक्रिया