३२ जेष्ठ २०८२, शनिबार | June 15, 2025

संसदको अवरोध अन्त गर्न माओवादी सहमत


581
Shares

काठमाडौं, ३० जेठ । प्रतिनिधि सभाको अवरोध अन्त गर्न माओवादी सहमत भएको छ । अवरोध अन्त गरी संसद सुचारु गर्न माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सत्तापक्षको मुख्य सचेतक महेश कुमार बर्तौलाले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकोमा सरकारले आवश्यक सहयोग गर्ने, सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिवद्धता सरकारले व्यक्त गर्ने उल्लेख छ ।

माओवादी संसदको गतिरोध अन्त गर्न तयार भएपनि रास्वपा र राप्रपा नेपालले अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया