१२ जेष्ठ २०८२, आइतबार | May 25, 2025

रमेश लेखक संगठित गिरोहको तारोमा, क कस्को ग्रान्डडिजाइन


10k
Shares

काठमाडौं, ११ जेठ । रमेश लेखक भौतिक योजना तथा यातायातमन्त्री बन्दा जनप्रीय काम गरेका थिए । लाइसेन्सको परीक्षा ढिलो पालो आउने र परीक्षा पास भएपछि पनि लाइसेन्स महिनौंपछि हातमा पर्दथ्यो ।

लेखकले लाइसेन्स परीक्षा छिटोछरितो मात्र गराएनन् परीक्षा पास गरेकै दिन लाइसेन्स कार्ड वितरणको थालनी गराए । उनी स्वयं यातायात व्यवस्था कार्यालय तीनकुनेको झ्यालमा बसेर लाइसेन्स वितरण गरी यसको सुरुवात गरे ।

यातायातका कर्मचारीहरुको घूसखोरी र कमिशनमा धक्का लाग्यो लेखकको कदमले । लेखक मन्त्रीबाट गएपछि यातायातको व्यथिती उस्तै रह्यो । लाइसेन्स परीक्षा ढिलो गर्ने र कार्ड वर्षौ लगाउने परिपाठी चल्यो । जो समयमा चाहन्छ उसले घूस दिनुपर्ने प्रवृत्ति रह्यो ।

लेखक श्रममन्त्री हुँदा पनि व्यापक सुधारका कार्य गरेका थिए । उनले श्रममा भएका घूसखोरी र अनियमितताको सञ्जाल नै तोड्ने गरी कदम चाले । कानून व्यवसायी समेत रहेका लेखकले कानूनको छिद्र खोज्दै काममा ढिलाई गर्ने र कमिशनको खेल खेल्ने सञ्जाललाई समस्यामा पारिदिए । उनी संगठित गिरोहको तारोमा पर्दै आए ।

लेखक गृहमन्त्री हुँदा संगठित गिरोह समस्यामा पर्दै आए । सुन तस्कर गर्ने, विदेशी मुद्राको तस्करी गर्नेहरुलाई विपत् आइलाग्यो ।

अहिले एयरपोर्टमा अध्यागमनमा भिटिज भीसामा ठूलै चलखेलको विषय बाहिर आएको छ । यसमा गृहमन्त्री भएका लेखकलाई पनि आरोप लगाइएको छ । भिजिट भीसामा दैनिक दशौं लाख असुल्ने प्रवृत्ति दशौं वर्ष देखि चल्दै आएको थियो । यो तोड्ने प्रयासहरु चलिरहेका थिए ।

विगतमा गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागको प्रमुख बनेका र जिम्मेवारी कर्मचारीहरुको संलग्नता खुल्ने भयो । ठूलै जञ्जाल तोडिने, जेल पर्ने र सम्पत्ति छानविनमा पर्ने भएपछि पछिल्लो घटना विकास भएको छ । लेखकलाई आरोपित बनाएर विगतका गृहमन्त्री, गृहसचिव र जिम्मेवार कर्मचारीहरु मुछिने ग्रान्डडिजाइन चलेको छ अहिले ।

प्रतिक्रिया