११ जेष्ठ २०८२, शनिबार | May 25, 2025

गृहमन्त्री लेखकले राजीनामा देलान् ?


664
Shares

काठमाडौं, १० जेठ । यतिबेला भिजिट भीसा प्रकरणमा दैनिक ५० लाख कमिशन गिरोहसँगको साँठगाँठको आरोप गृहमन्त्री रमेश लेखकमाथि छ । यो प्रकरणमा अध्यागमनका कर्मचारी छानविनमा छन् । गृहको माथिल्लो निकायसँग साँठगाँठ रहेको भनिएको घटनापछि लेखकको राजीनामा मागिएको छ ।

लेखकको दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि राजीनामाको सुझाव दिएका छन् । उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । तर, लेखकले राजीनामा नदिई आफ्नो धारणा सार्वजनिक रुपमा ल्याउने बताइसकेका छन् ।

भिजिट भीसामा विदेश जानेसँग ५० हजार र त्योभन्दा माथि योजनावद्ध तरिकाले उठाउने गतिविधि अहिलेको मात्र होइन । विगतमा पनि यो चल्दै आएको थियो ।

अध्यागमनमा योजनावद्ध तरिकाले कमिशन उठाउने गरिएको खुल्दा विगतका गृहमन्त्रीहरु पनि मुछिने भएका छन् । लहरो तान्दा पहरो गर्जने निश्चित छ ।

लेखक तानिएमा योभन्दा अघि गृहमन्त्री भएकाहरु पनि छानविनको दायरामा पर्न सक्छन् । जसमा रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेललगायत पनि हुनेछन् । अर्कोतर्फ, यति ठूलो रकम गृहमन्त्रीसम्म मात्र पुगेको हो भन्ने विश्वास गर्न सकिदैन । त्योभन्दा माथि पनि रकम नपुगी यस्तो संगठित तरिकाले काम हुन सक्दैन ।

प्रतिक्रिया