११ जेष्ठ २०८२, शनिबार | May 25, 2025

पिक टाइममा महालक्ष्मीका कार्यकारी पौडेल बैंककमा मस्त


747
Shares

काठमाडौं, ८ जेठ । यतिबेला सरकारी कार्यालयहरुमा भ्याई नभ्याई छ । आर्थिक वर्षको अन्ततिर सबैभन्दा बढी काम हुनेगर्छ । तर, यही समयमा महालक्ष्मी नगरपालिकाका कार्यकारी निर्देशक प्रदीप पौडेल र इञ्जिनियर कपिल भट्ट भने विदेश शयरमा गए ।

थाइल्यान्ड जान उनीहरुले बिदा पनि लिएका थिए । आउँदो हप्ताबाट दुवै कार्यालय आउने बुझिएको छ । महालक्ष्मी नगरपालिकाले कार्यकारी निर्देशक पौडेल बिदामा रहेको पुष्टि गरेको छ ।

पौडेल कुनै सरकारी भ्रमणमा नभई व्यक्तिगत भ्रमणमा रहेका छन् । उनी स्वार्थी ठेकेदार समूहको प्रायोजनमा विदेश पुगेको चर्चा नगरपालिकाको कार्यालयभित्र चलिरहेको छ । उक्त ठेकेदार महालक्ष्मीमै बसेर ठेक्कापट्टा हात पारिरहेका हुन् ।

कार्यकारी नहुँदा महालक्ष्मीका कतिपय कामहरु अड्किएका छन् । उनको धुईँ धुईँती खोजी गर्नेहरु बिदामा रहेको सुनेर छक्क परेर फर्कने गरेका छन् ।

कार्यकारी निर्देशक पौडेल र महालक्ष्मीका मेयर हरिगोविन्द पौडेलको सुमधुर सम्बन्ध रहेको छ । पौडेल र श्रेष्ठको टुनिङ मात्र नभई सेटिङ पनि मिलेको चर्चा महालक्ष्मीमा छ ।

प्रतिक्रिया