बँगलादेशमा युनुसको पद धरापमा

एजेन्सी, १० जेठ । शेख हसिनाको सत्ता पल्टिएपछि अन्तरिम सरकारका प्रमुख बनेका थिए मोहम्मद युनुस । नोबल शान्ति पुरस्कार विजेता युनुसलाई जुराएको अवसर उनलाई बदनाम हुने परिस्थितिमा परिणत भयो । युनुसले सरकारको नेतृत्व लिंदा बँगलादेशमा हिंसाका घटना बढ्न थाले । हिन्दूहरु तारोमा परे ।
युनुसले बँगलादेशमा भारतलाई चिढ्याउने गतिविधि गरे । चीन भ्रमणमा गएर चिकेन नेक क्षेत्रमा चिनियाँ लगानी भित्राउने अभिव्यक्ति दिए ।
छिमेकी चिढ्याउने उनको शैली प्रत्युत्पादक बन्दै गयो । अहिले उनी बँगलादेशभित्र बदनाम बनेका छन् । उनको राजीनामा मागिएको छ ।
विद्यार्थी आन्दोलनबाट सत्तामा आएका युनुसलाई विद्यार्थी नेताले नै राजीनामा दिन चेतावनी दिएका छन् । उनको सरकारका विदेशसचिव जसिम उदिनले राजीनामा दिइसकेका छ यसै हप्ता । उनले युनुससँग कुरा नमिलेपछि राजीनामा दिएका हुन् ।
बँगलादेश अहिले ठूलो राजनीतिक संकटमा फस्दै गएको छ । लगानीहरु धरापमा परेका छन् । लोडसेडिंग बढेको छ । उद्दोगहरु धमाधम बन्द भइरहेका छन् । निर्यात घटेको छ । युनुसले देशलाई नै दाउमा राखेर पदको दुरुपयोग गरेको कारण परिणामहरु खतरनाक देखिइरहेका छन् । जसका कारण उनको पद धरापमा परेको छ ।