१० जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

भारतमा माओवादी महासचिव राव मारिएपछि…


332
Shares

एजेन्सी, ९ जेठ । भारतमा शीर्ष माओवादी नेता नाम्बाला केशव राव मारिएको घटना विश्वभर चासोको विषय बनेको छ । छत्तीसगढमा सुरक्षा कारबाहीमा उनीसहित २७ माओवादी मारिएका हुन् ।

बुधबारको घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहले आतंकवादविरुद्ध ठूलो सफलताका रुपमा लिएका छन् ।

माओवादीको नाम लिएर भारतमा सशस्त्र गतिविधि गर्ने समूहप्रति भाजपा नेतृत्वको सरकार कठोर बन्दै आएको छ ।

चिनियाँ दिवंगत नेता माओत्से तुङको सिद्धान्तबाट प्रेरित भएर विश्वका कतिपय देशमा माओवादी गतिविधि चलिरहेको छ । नेपालमा प्रचण्ड नेतृत्वको माओवादीले सशस्त्र गतिविधि गरेर सत्तामा स्थान बनायो ।

भारतमा भने माओवादीप्रति सरकार कडा बनेपछि अवस्था फरक छ ।

प्रतिक्रिया