२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

को को पर्लान् एसएसपी बढुवामा


0
Shares

काठमाडौं, १५ वैशाख । नेपाल प्रहरीको रिक्त १८ एसएसपीमा चर्को प्रतिष्पर्धा चलेको छ । प्रहरी मुख्यालयले बढुवाको सिफारिश गर्न लाग्दा एसपीहरु शक्तिकेन्द्रको दौडधूपमा व्यस्त भएका छन् ।

आज या भोलिभित्र बढुवाको सिफारिश हुने भएपछि एसपीहरु अन्तिम प्रयासमा छन् । शुक्रवार अधिकांश दाबेदारहरु बर्दी खोलेर दौडिएको बुझिएको छ ।

३० भन्दा बढी एसपीहरु बढुवाका दाबेदार हुन् । जसमध्ये शेखर खनाल, सोमेन्द्रसिंह राठौर, गंगा पन्त, विश्व अधिकारी बढुवामा पहिलो नम्बरमा पर्ने सम्भावित हुन् । बढुवामा विनोद सिलवाल, सानुराम भट्टराई, ओम अधिकारी, विश्वमणि पोखरेल, अविनारायण काफ्ले, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भूपेन्द्र बहादुर खत्री, दीप शमशेर जबरा, बेल बहादुर पाण्डे, तारादेवी थापा, आभूषण तिमल्सिना, प्रवीण पोखरेल, वसन्त रजौरे, प्रज्ववल महर्जन पनि दौडमा छन् ।

यो ब्याचीमा बढुवा हुने भविष्यमा आइजीपीको प्रतिष्पर्धी हुन् । यो ब्याचीबाट आइजीपी बन्ने भएकाले पनि बढुवामा अगाडि पर्ने प्रतिष्पर्धा चलेको छ ।

प्रतिक्रिया