२५ फाल्गुन २०८१, आइतबार | March 10, 2025

किस्ता तिर्न नसकेर ‘डाइमण्ड’ व्यापारीले गरे श्रीमती र छोरासहित आत्महत्या


166
Shares

एजेन्सी, २४ फागुन । भारतको सुरत शहरमा सामूहिक आत्महत्याको घटना सार्वजनिक भएको छ ।

अमरोली क्षेत्रमा एक हीरा व्यापारीले आफ्नी श्रीमती र छोरासँगै विष सेवन गरेर आत्महत्या गरेका छन् ।
यो घटना सुरतको अमरोली क्षेत्रमा भएको हो। परिवार सुरतको अमरोली रोडमा रहेको एन्टिलिया फ्ल्याटमा बस्दै आएको थियो ।

मृतकहरूमा भरत दिनेश ससांगिया, वनिता बेन र हर्ष भरत ससांगिया हुन्। प्रारम्भिक अनुसन्धान अनुसार आर्थिक अभावका कारण तीनै जनाले यो कदम चालेको बताइएको छ।

मृतकको घरबाट एउटा सुसाइड नोट पनि फेला परेको छ। अस्पताल पु¥याउँदा तीनै जनालाई मृत घोषित गरिएको थियो। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।

यस घटनामा मृतक भरतका साला दिलीपले मृतब बनिता आफ्नी मामाकी छोरी भएको,भिनाजुले हीराको व्यवसाय गर्दै आएका र आफुले पनि हीराको काम गर्ने बताए ।

उनका अनुसार दीपावली पछि हीराको मूल्यमा आएको मन्दीका कारण व्यवसाय घट्यो । र उनका भिनाजु ऋणको किस्ता तिर्न नसकेका कारण अस्पताल भर्ना हुनुप¥यो। ४ देखि ५ किस्ता तिर्न बाँकी थियो।

 

प्रतिक्रिया