१९ फाल्गुन २०८१, सोमबार | March 4, 2025

पूर्वयुवराज पारस शाहलाई हृदयघात


249
Shares

काठमाडौं,१९ फागुन ।  पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।

पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो ।

प्रतिक्रिया