स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा १० हजार विद्यार्थी सहभागी, यी हुन् शतप्रतिशत अंक ल्याएर पुरस्कृत हुने ६७ विद्यार्थी

काठमाडौं, २ फागुन । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागी दुई सय भन्दा बढी विद्यालयका दश हजार विद्यार्थीमध्येबाट शतप्रतिशत प्रश्नको उत्तर मिलाएर ६७ विद्यार्थी पुरस्कृत भएका छन् । शुक्रबार टुँडिखेलमा हिन्दू स्वयंसेवक संघद्वारा आयोजित ज्ञान परीक्षामा विभिन्न विद्यालयका विद्यार्थीहरुमध्येबाट उनीहरुले सबै प्रश्नको उत्तर मिलाएर नगद र प्रमाणपत्र प्राप्त गरे ।
सबै प्रश्नको उत्तर मिलाउने विद्यार्थीको नाम गोलाप्रथाबाट निकाल्दा प्रथम, द्वीतिय र तृतीय स्थान हासिल गर्ने चयन भएका थिए ।
संस्कृति ज्ञान परीक्षामा नेपाल वेद विद्याश्रमका अच्युत नेपालले प्रथम स्थान हासिल गर्दै ५१ हजार नगरद पुरस्कार जिते । सहिद स्मारक मावि किर्तिपुरका लोकराज जैसीले द्वीतिय स्थान प्राप्त गर्दै ३१ हजार र दुर्गा भवानी एकेडेमीकी दिवास्ना धमलाले तृतीय स्थान हासिल गर्दै २१ हजार नगद प्राप्त गरिन् ।
सबै प्रश्नको उत्तर मिलाएर एक एक हजार नगद पुरस्कार जित्नेहरुमा पिनाकल एकेडेमीका सदानन्द बटाला, तरुण माविका असिम अर्याल, राधभी भण्डारी, ब्राइट फ्युचर माविका कलश ढुंगाना, प्रतिक कुमार ठाकुर, निकिता झा र रीतिका गदाल, कुलेश्वर माविकी आराध्या रौनियार, विश्व निकेतन माविका कुणाल शर्मा, प्रतिक यादव, कविन्द्र राउत, मंगल माविका मोहन बस्नेत, सुनम धामी, रितासिंह ठकुरी, नाइटिङ्गेल स्कुलका मिसन पराजुली, दिप्सन पाण्डे, जया चौधरी र सम्भव पाण्डे, इलिक्य एकेडेमीका सालिन राई, गान्धी आदर्श माविका नरेश फडेरा, सार्थक थापा, संगम बुढाथोकी र सुयोग खर्गा छन् ।
यसैगरी, भ्याली पब्लिक स्कुलकी इसिला महर्जन, सुबिना श्रेष्ठ र सुमी श्रेष्ठ, जया मल्टिपल क्याम्पसका मोहम्मद अली, मनकामना माविकी उमा राई, तरुण माविका प्रयाग भट्ट, कृष कुमार शाह, राधभी भण्डारी, प्रेरणा माविका पाँच जना विद्यार्थीहरु अम्बिका भारती, सुप्रित वि।क।, नविना न्यौपाने, मन्जु मगराती र रोजिना विसुन्केले सबै प्रश्नको उत्तर मिलाएर पुरस्कार जिते । संस्कृत माविकी युयशा दाहाल, बुढानिलकण्ठ माविका अध्ययन झा, एलेश ढकाल र आरती गिरी छन् ।
नेपाल वेद विद्याश्रमका पर्वत प्रसाद पौडेल, रमण घिमिरे, हरि प्रसाद नेपाल, विमर्श पोखरेल, अविरलबाबु नेपाल, प्रवेश आचार्य, प्रद्युम्न कोइराला र सम्पन्न खतिवडा, कन्या मन्दिर माविकी करुणा भट्टराई, कसिस स्कुलका माधवकुमार अर्याल, सुर्योदय माविकी अनन्या सैंजु, श्रीन्मल माविका सचिन रोडी, कुलेश्वर आवाशीय माविका सङलाम तामाङ, शारदा माविका बुद्धिमान स्याङ्तान, हिमालय कलेजकी सुनिता भण्डारी, पद्मोदय माविका आदित्य कुमार प्रजापती, मनकामना माविकी सुदिक्षा कँडेल छन् ।
आइडियल माविकी शिवांगी मिश्रा, सुर्योदय आवाशीय माविकी स्वेक्षा बस्नेत, कुलेश्वर माविका प्रकाश शाह, टेक्सास इन्टरनेशनलका कृष्णकुमार राउत, ब्राइट फ्युचर माविका विपिन थापा छन् ।
कार्यक्रममा डा। महाश्रम शर्मा अध्यक्ष राष्ट्रिय परीक्षा बोर्ड सहभागी हुनुहुन्थ्यो । हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक तथा पूर्व एआइजी कल्याण कुमार तिमिल्सिना, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक फूलप्रसाद सुवेदीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।