उदारवाद र खुल्ला समाजका नाममा अस्थिरता फैलाउन खोज्नेहरुमाथि विश्वभर धक्का
समाचार विश्लेषण । युटोपियन समाज सुन्दा र सतही रुपमा जान्दा आनन्द लाग्छ । खुल्ला समाज र उदारवाद त झन् मीठो शब्द हो जसले अर्को आनन्द दिन्छ । तर, यथार्थमा ती शब्द गुलियो विष समान छन् मानव समाजका लागि ।
हँगेरिमा जन्मिएका जर्ज सोरस नामका अर्बपति उदारवाद र खुल्ला समाजको एजेन्डा बोकेर सँसारभर सञ्जाल बनाउन सफल छन् । उनको सञ्जाल शासनका स्तम्भहरुमा बलियो पकड बनाएर बसेको छ । सोरस उदारवादका नाममा समलिङ्गी अधिकारको एजेन्डा बढाउँछन् । सँसारभर धर्मनीरपेक्षताको सवाल उठाउँछन् । जुन उनले नेपालमा पनि उठाए र ठूलो धनराशी खर्च गरे हिन्दू राष्ट्र स्थापित गर्न ।
सोरसले मिडिया, एनजीओ आइएनजीओमार्फत् प्रभाव बनाए सँसारभर । तर, उनी अमेरिकामा डोनाल्ड ट्रम्पलाई रोक्न असफल भए । ट्रम्पले मक्सको साथ लिएर सोरसको सञ्जाललाई पराजित गरिदिए यसपटक ।
सोरसको सञ्जाल यूरोपमा पनि बलियो छ । कतिपय यूरोपेली देशका नेता त उनी सँसारभर अस्थिरता फैलाउने पात्र भन्छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी देखि हँगेरिका प्रधानमन्त्री भिक्टर अरबनले सोरसबारे गम्भीर टिप्पणी नै गरे । भिक्टरले त सोरस अमेरिकामा पराजित भएको र अब यूरोपतिर छिरेर सँसारभर आफ्नो विचार र आर्थिक स्वार्थ लिएर सक्रिय हुने बताए । सोरस तेस्रो लिंगी र समलिंगीको पक्षमा गतिविधि गराउन सक्रिय हुनसक्ने अरबनले औल्याए ।
हुनपनि ट्रम्पको उदयपछि यूरोपेली युनीयनको राजधानी ब्रसेल्समा उदारवाद र खुल्ला समाजको वकालत गर्नेहरुको आवतजावत बढ्न थालेको छ । नेपालमा पनि त्यस्ता पक्षधर राष्ट्रवादको विरोध गर्न थालेका छन् । विक्रम संवत् हटाउने अभियान चलाउन थालेका छन् । हिन्दुत्वको त नामै सुन्न चाहँदैन । किनकि हिन्दुत्व विचार नेपालको मूल विचार हो जसको जगमा टेकेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए ।
ट्रम्पले समलिङ्गी मान्यतालाई धक्का दिने गरी नीति नै ल्याए । उदारवादका नाममा अप्राकृतिक गतिविधि मानव समाजका लागि घातक हो । तर, यही गतिविधिमा सोरसको सञ्जाल लाग्दै आएको छ । नेपालमा पनि उनीहरु यसरी नै सक्रिय छन् ।
भारतमा नरेन्द्र मोदीको उदयले हिन्दुत्व विचार बलियो भयो । यो विचारधाराबाट चलेको भारतीय सत्ताले विश्वभर प्रभाव देखाउन थाल्यो । स्थानीय संस्कृति र नीति कति बलियो र उपयोगी छ भन्ने मोदीले सिद्ध गरे । जसका कारण उदारवादीको नाममा स्थानीय संस्कृति र संस्कार मास्न खोज्नेहरुमाथि धक्का परेको छ ।
यसरी भारत र अमेरिका जस्ता देशहरुमा खुल्ला समाजका नाममा अस्थिरता मच्चाउन खोज्नेहरु पराजित भएका छन् । उनीहरुमा गजबको छटपटाहट देखिन्छ ।