६ माघ २०८१, आइतबार | January 19, 2025

सरकारविरुद्ध प्रतिपक्षी दल किन आक्रामक ?


January 19, 2025
498
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिपक्षी दलहरू आक्रामक रूपमा उत्रिँदै छन् । अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोजेको भन्दै प्रतिपक्षी दलहरू सरकारविरुद्ध आक्रामक बनेका हुन् । तर, सरकारले प्रतिपक्षी दलको आरोप खण्डन गर्दै अध्यादेश आवश्यक रहेको भन्दै बचाउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको भन्दै यथाशीघ्र संसद् बैठक बोलाउनुपर्ने बताए । हरेक क्षेत्रमा असफल बन्दै गइरहेको सरकारले अध्यादेशबाट शासन गर्न खोजेको गम्भीर आरोप उनले लगाए ।

‘हामी यसबीचमा प्रतिपक्षी दलहरूको बैठक बस्यौं । त्यसपछि समाजवादी मोर्चाको बैठक पनि छुट्टाछुट्टै रूपमा सम्पन्न ग¥यौं । ती बैठकले यो सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ,’ नेपालले भने, ‘हरेक क्षेत्रमा असफल भइसकेको सरकार अध्यादेशबाट शासन गर्न खोजेको छ । हामी आउँदो १६ माघमा सरकारविरुद्ध काठमाडौंमा खबरदारी सभा पनि गर्दै छौं ।’

प्रतिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिँदै आएका छन् । सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको निष्कर्ष निकाल्दै प्रतिपक्षी दलले यथाशीघ्र संसद्को अधिवेशन बोलाउन माग गरेको छ । काठमाडौंमा १६ माघमा समाजवादी मोर्चाले सरकारविरुद्ध खबरदारीसभा गर्दै छ ।

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले एक–दुई दिनभित्रै सदन बोलाउन प्रक्रिया थाल्ने जनाएका छन् । सरकारले सदन बोलाउन नचाहेको बताउँदै उनले आफूहरू अब तत्काल विशेष अधिवेशन बोलाउन बाध्य हुने बताए ।

‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् । सबै विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनुभएको छ, सदन बोलाएन भने, संविधानमा व्यवस्था छ, २५ प्रतिशतले सदन बोलाउन पाइन्छ । सदन बोलाएनन् भने भोलि पर्सि नै सदन बोलाउनेछौं,’ सापकोटाले शनिबार भने ।

सदनमा माओवादी आगो भएर प्रस्तुत हुने बताउँदै उनले भने, ‘हामीले सदन बोलाएपछि पहिलो दिन नै त्यहाँ आगो बल्नेछ । हाम्रो ३२ जनाले हेटौंडा, सुर्खेत, बुटवल, धनगढीलगायत सातवटै प्रदेशमा आगो बल्नेछ ।’

आम जनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल र अक्षम भएको टिप्पणी गरे । आफ्नो प्रतिबद्धता आफैं कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार विघटन गर्नुपर्ने उनले दिए ।

आजपा निकटको आम विद्यार्थी मोर्चाको शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो असफल भइसकेको सरकार मुलुक र नागरिकलाई आवश्यक नभएको बताए ।

‘यो ९ओली नेतृत्वको सरकार० पूर्ण रूपमा असफल र अक्षम भएको प्रमाणित भइसक्यो । आफ्नो प्रतिबद्धता आफैं कार्यान्वयन गर्न नसक्ने सरकार मुलुक र नागरिकलाई आवश्यक छैन,’ आजपा अध्यक्ष साहले भने, ‘संविधान संशोधन गर्ने भनेकाहरूले अहिले आएर २०८७ मा संशोधन गर्ने भन्दै छन् । सुशासनमा शून्य छ, विकास निर्माण ठप्प छ । स्थिरता हुने भनेकाहरूले दिनदिनै सरकार ढल्दैन, सरकार रहिरहन्छ भन्छ, आफैंलाई आफ्नै सरकारमाथि विश्वास छैन ।’

तर, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का केन्द्रीय सदस्य एवं सांसद सूर्य थापाले विपक्षी दलहरूको मोर्चाबन्दीमाथि प्रश्न उठाएका छन् । उनले माओवादी केन्द्रसहितको मोर्चाबन्दी ९८१ सदस्यीय० राजतन्त्रको पुनःस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सम्झिनुपर्ने आदि साझा एजेन्डा भएको आरोप लगाएका छन् ।

थापाले आफ्नो फेसबुकमा विपक्षी दलहरूको साझा वक्तव्यसमेत साझा गर्दै लेखेका छन्, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी १ ९राजतन्त्रको पुनःस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेन्डा० बिना चिल्लाको च्वाइँच्वाइँ १’

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, आम जनता पार्टी, नेपाल समाजवादी पार्टी ९नेसपा०सहितका दलहरूले सरकारको गलत क्रियाकलापको कडा रूपमा आलोचना गर्दै आएका छन् । प्रतिपक्षी दलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ओली सरकारमाथि विभिन्न आरोप लगाउँदै आलोचना गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया