ओलीको कदमप्रति देउवा असन्तुष्ट, सरकार ढल्नसक्ने
काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति सत्ता साझेदारी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा असन्तुष्ट बन्दै गएका छन् । देउवा ओलीले गरेका कतिपय नियुक्ति, पछिल्लो अध्यादेशहरुका विषयमा असन्तुष्ट बनेका हुन् ।
देउवाको अध्यादेशमा असन्तुष्टि राष्ट्रपति रामचन्द्र पौडेलले एउटा अध्यादेश केही दिनका लागि रोकेबाट प्रष्ट भएको छ । काँग्रेसले कतिपय अध्यादेशको नियतमाथि प्रश्न उठाएको छ ।
देशको ढुकुटी बाहिर लाने गरी आईटीमा विदेशमा शाखा विस्तार र लगानी ल्याउने र लाने गरी ऐन संशोधनको उद्देश्यले अध्यादेश जारी भएको छ । यसले काँग्रेसवृत्तमा पनि हलचल ल्याएको छ ।
चीनसँगको बीआरआइ सम्झौतामा पनि देउवा सकारात्मक छैनन् । उनी पत्नी आरजु राणाको भूमिकालाई लिएर समेत असन्तुष्ट भएको बुझिएको छ ।
ओलीको शैलीका कारण असन्तुष्ट देउवाले कुनैपनि बेला साथ छाड्नसक्ने सम्भावना बढेको छ । देउवाले यसबारे परामर्श पनि थालेका छन् भित्र भित्र ।
देउवाले साथ छाड्ने भयका कारण ओली आफूले सहमति अनुसार समय पुगेपछि सत्ता देउवालाई हस्तान्तरण गर्ने दोहोराउँदै आएका छन् ।
विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालैमात्र सरकार चाँडै जाने बताएका छन् । यसले पनि तरंग ल्याउन थालेको छ । ओली सरकार ढलेमा देउवा र प्रचण्ड फेरि मिल्ने सम्भावना छ ।