७ पुस २०८१, आइतबार | December 23, 2024

अनलाइन ब्यापार भन्दै ठग्दै


December 22, 2024
2.4k
Shares

काठमाडौं,७ पुस । अनलाइनमार्फत कपडा अर्डर गरेर रकम पठाएपछि व्यापारी सुनिल ठाकुर बारही सम्पर्क विहिन भएका छन् । ४ हजार ५ सय रुपैयाँमा कुर्तासुरुवाल अर्डर गरेर प्रभु बैंकको अकाउन्टबाट इसेवा मार्फत सो रकम पठाएपछि सुनिल ठाकुरको ९७०९९०५६९२ नम्बरको मोबाइल अफ भएको पीडितले जानकारी दिए । ठाकुरको खातामा गत मंसिर ७ गते दिउँसो ३ बजेर ५६ मिनेटमा सो रकम पुगेको देखिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जाललाई केहीले व्यक्तिहरुले व्यवसायिक रुपमा पनि प्रयोग गरिरहेका छन् । ‘वन फेसन८४४८७’ नामक पेजको रिलमा राखिएको सो कन्टेनको आधारमा पीडितले कपडा अर्डर गरेका थिए । ‘अर्डर गर्न रकम पठाएपछि फोन उठेको छैन्,त्यसपछि मोबाइलमा सम्पर्क भएको छैन्,अफ छ ।’–पीडितले बताए ।

सुनिल ठाकुर बारहीले ‘वमेन्स एपेरल एण्ड क्लोसेट’ कारोबारको नाम राखेर हेटौंडा पाउँगडा बजार–६ मा व्यवसाय दर्ता गरेको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रमा उल्लेख छ । उनले २०७४ साल माघ २९ गते सो कम्पनी दर्ता गरेका थिए ।

विद्युतीय (अनलाइन)मार्फत ठगी गर्ने व्यक्तिलाई कारबाहीका लागि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गरिने साइबर ब्युरोका प्रवक्ताले जानकारी दिए । प्रहरीले विद्युतीय (अनलाइन)मार्फत व्यक्तिलाई कारबाहीका लागि सो दफा आधार बनाउँदै आएको छ । जसमा विद्युतीय स्वरुपमा गैरकानूनी काम गर्न नहुने भनिएको छ ।

विद्युतीय कारोबार ऐन अनुसार अनलाइन ठगी गर्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । कतिपय साइबर विज्ञ विद्युतीय कारोबार ऐन विद्युतीय कारोबार (ई–कमर्स, ई–विजनेस) लगायतका लागि आएको बताउँदै यसको गलत प्रयोग भइरहेको प्रति चिन्ता व्यक्त गर्छन् ।

प्रतिक्रिया