२ माघ २०८१, बुधबार | January 15, 2025

चीनसँग ऋणसम्बन्धी सम्झौता नगरेको प्रधानमन्त्री ओलीको दाबी


December 5, 2024
415
Shares

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्किएपछि ऋणसम्बन्धी सम्झौता नगरेको दाबी गरेका छन् । उनले बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा त्यस्तो सम्झौता नगरेको दाबी गरेका हुन् ।

चीनसँगको बीआरआई फ्रेमवर्कमा सम्झौता भएपनि ऋण वा अनुदानबारे स्पष्ट छैन । यसमा आशंका बढेपछि ओलीले त्यस्तो दाबी गरेका हुन् ।

ओलीले बीआरआई अन्तर्गत विभिन्न परियोजनाहरुबारे छलफल भएको बताए । बीआरआई अन्तर्गत भएका कतिपय परियोजनाहरु ओली र काँग्रेस सभापति शेरबहादुर देउवालगायतका प्रभावशाली नेताको स्वार्थ अनुसार राखिएकोमा पछिल्लो भनाई आएको हो ।

ओलीको गृहजिल्ला झापा र देउवाको गृहजिल्ला डडेल्धुरामा परियोजनाहरु छन् । यसबाहेक एमालेको चाहनाका कतिपय परियोजना पनि छन् ।

प्रतिक्रिया