६ मंसिर २०८१, बिहिबार | November 21, 2024

जब भारतका सेनापति उपेन्द्र द्विवेदी ह्याण्ड ब्याग आफै बोकेर जहाजबाट निस्किए…


November 21, 2024
996
Shares

काठमाडौं, ६ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट विदेशी अतिथिको पर्खाएमा थियो । ती विशिष्ट अतिथि थिए भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी र उनकी धर्मपन्ती सुनिता द्विवेदीसहितको टोली ।

सेनाका दुईतारे जर्नेल प्रेमध्वज अधिकारी धर्मपत्नीसहित स्वागतका लागि पुगेका थिए । जनरल द्विवेदी विशिष्ट अतिथि निस्कने कक्षमा पुगे । उनको हातमा ह्याण्डब्याग थियो । उनको भ्रमण टोलीमा भारतीय सेनाका अन्य सदस्य पनि थिए । भारतीय राजदूतावासका अधिकारी पनि पुगेका थिए । तर, उनले ह्याण्डब्याग आफै बोकेका थिए ।

भारतका सेनापति द्विवेदीकी धर्मपत्नी सुनिताले पनि ह्याण्डब्याग आफै बोकेकी थिइन् । उनीहरु निकै सामान्य देखिन्थे । कुनै ठाँटबाँट झल्कदैनथियो ।

भारतको स्थल सेनाका ३०औं सेनापति हुन् द्विवेदी । १ जुलाई सन् १९६४ मा भारतको रेवामा जन्मिएका हुन् उनी ।

भारतको रेवास्थित सैनिक स्कुलमा माध्यमिक तहको शिक्षा पूरा गरेका उनी खेलकूदमा पनि अब्बल थिए । उनी नियमित योगा गर्छन् ।

अध्ययनमा पनि अब्बल जनरल द्विवेदीले डिभेन्स एण्ड म्यानेजमेन्ट स्टडिजमा एमफिल गरेका छन् । उनका जर्नल आर्टिकल पनि प्रकाशित छन् । उनकी धर्मपत्नी सुनिता द्विवेदीले विज्ञानमा स्नातक गरेकी छिन् । उनीहरुका दुई छोरीहरु सामाज सेवासँग सम्बन्धित संस्थामा आवद्ध भई काम गर्छन् ।

प्रतिक्रिया